भौतिक संरचना रोक्न चाँगुनारायण नगरपालिकालाई पत्राचार


बैशाख २१, २०८०, बिहीबार | विहान ०७:५१ बजे | 45


भौतिक संरचना रोक्न चाँगुनारायण नगरपालिकालाई पत्राचार

भक्तपुर दरबार स्मारक संरक्षण तथा हेरचाह कार्यालयले भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलस्थित झौखेल धारा क्षेत्रमा रहेको पुरातात्त्विक सम्पदा परिसरमा निर्माण गरिएको भौतिक संरचना रोक्न चाँगुनारायण नगरपालिकालाई पत्राचार गरेको छ । बुधबार कार्यालयले चाँगुनारायण नगरपालिकालाई पत्राचार गरिएको भक्तपुर दरबार स्मारक संरक्षण तथा हेरचाह कार्यालयले जनाएको छ । झौखेल धारा क्षेत्रमा चैत्य, ढुङ्गेधारा र नजिकै पोखरी पनि रहेकाले नगरपालिकाको विनियोजित रकमबाट सो क्षेत्रमा संरचना बनिरहेकाले तत्काल रोक्का गरी प्राचीन पोखरीकै रूपमा कायम गर्ने व्यवस्था मिलाउन पत्राचार गरिएको हो । 

भक्तपुर दरबार स्मारक संरक्षण तथा हेरचाह कार्यालयका प्रमुख अरुणा नकर्मीले पत्राचारको बोधार्थ जिल्ला प्रशासन कार्यालय भक्तपुर, पुरातत्त्व विभाग र चाँगुनायण नगरपालिका–३ को कार्यालयलाई गरिएको जानकारी दिनुभयो । उहाँले पत्राचार गरिएकाले उक्त पुरातात्त्विक क्षेत्रमा निर्माण गरिएको संरचना रोकिनेमा आफू विश्वस्त रहेकोसमेत बताउनुभयो । 

Comments