अमेरिकाको सियाटल शहरमा बिस्का: जात्रा सम्पन्न


बैशाख १८, २०८०, सोमबार | विहान ०४:३६ बजे | 55


अमेरिकाको सियाटल शहरमा बिस्का: जात्रा सम्पन्न

मध्यपुर थिमीमा मनाउने प्रमुख चाड बिस्का: जात्रा अमेरिकाको सियाटल शहरमा द्यो ख: जात्रा , नेवा: भ्वय संगै संस्कृतिक कार्येक्रम गर्दै मनाएको छ /  नेपाल बाहिर थिमी बासीहरुको बाहुल्य रहेको सियाटल शहर जसलाई मिनी थिमी भन्न रुचाउने त्यहाँ रहेका करिव ८० जना थिमीबासीहरु को उपस्थिति रहेको थियो / उक्त कार्येक्रम दयो ख : बोक्दै धिमे बजाउदै जात्रा गरे संगै संस्कृतिक कार्यक्रम गर्दै सम्पन्न भएको थियो / कार्येक्रम श्री पंचमी गुथीका नायो श्री ज्ञान भक्त बाडे द्वारा पानस मा दीप प्रज्वोलित गरि शुरु भएको थियो भने कार्येक्रमका संयोजक श्री सुरज रंजितकार बाट स्वागत तथा धन्यबाद मन्तब्य व्यक्त गरिएको थियो / श्रीमती सृष्टि श्रेष्ठ द्वारा संचालन गरिएको उक्त बिस्का: जात्रा संस्कृतिक कार्येक्रममा स - साना नानीहरु बाट नेपाली रास्ट्रिय गान प्रस्रुत गरिएको थियो साथै कार्येक्रममा  रबिन प्रजापति , उज्वली मल्ल , राजेन्द्र श्रेष्ठ,  राम कृष्ण श्रेष्ठ , राजेन्द्र चित्रकार , राम हरि प्रजापति , सुरज रंजित आदि गायक गायिका हरु बाट गीतहरु प्रस्तुत गरिएको थियो /तेस्तै कार्येक्रमलाई अझ रमाइलो बनाउन मिनु कयस्थ, रन्जु श्रेष्ठ , बिना प्रजापति , नमिता श्रेष्ठ , रोशनी साहुखल , सहिस्था शाक्य तथा  समी श्रेष्ठ द्वारl नृत्यहरु पनि प्रस्तुत गरिएको / कार्येक्रम सम्पन्न गर्न आयोजक कमिटीमा राजेश अवाल, अमिर प्रजापति , रंजन श्रेष्ठ,  ज्ञान बाडे तथा सुरज रंजित रहेको थियो / बिस्का: जात्रा कार्येक्रमलाइ सफल बनाउन थिमी सियाटल श्री पंचमी गुठि,  दबुली संस्थाका श्री सुभाष प्रजापति , दिनेश श्रेष्ठ , रिना प्रजापतिको बिसेष सहयोग रहेको थियो / बिस्का जात्रा को लागि समी श्रेष्ठ तथा सुरज रंजितले करिब ३.५ फीट को द्यो ख: बनाउनु भएको थियो / जुन द्यो ख धिमे बजाउदै जात्रा गरिएको थियो / नेपालबाट छोरी ज्वाईं भेट्न आउनु भएका राम कृष्ण श्रेष्ठ जी को प्रस्तुति उत्कृस्ट थियो साथै विदेशमा आएर पनि यसरी सबै थिमी बासी संगै बिस्का जात्रा मनाउन पाउदा मध्यपुर थिमी नगदेशका श्री राम बहादुर तको जी धेरै खुसि देखिन्थे /  बिदेशमा पनि आफ्नो पहिचान , कला नृत्य आदिको संरक्षण गर्दै बिश्व सामु चिनाउने अनि नया पुस्तालाई  हस्तान्तरण गर्ने हाम्रो प्रमुख उद्यस्य रहेको छ त्यही प्रयासलाई बिस्तारै अगाडी सार्ने खुड्किलो यही बिस्का: जात्रा कार्यक्रमलाई रोज्यौं /  सबैको सहभागिताले हामीलाई हौसला मिलेको छ कार्येक्रम संयोजक सुरज रंजितकार ले बताउनु भयो साथै अर्को बिस्का जात्रा थिमीमा झैँ पूर्ण कदको द्यो ख: बनाएर जात्रा गर्ने अठोट गर्दै सियाटलमा बिस्का: सम्पन्न भएको थियो /

Comments