अन्तर्राष्ट्रिय श्रमिक दिवस दत्तात्रयमा पुगी जनसभा हुने
बैशाख १७, २०८०, आइतबार | साँझ ०४:१९ बजे | 55
भक्तपुर, १७ बैशाख । गःपली टोल सुधार समितिको आयोजनामा गःपली गणेशमन्दिरदेखि दोकाफल्चासम्मको बाटो मर्मतको लागि उपभोक्ता समितिले टोलबासीहरुको भेला कार्यक्रम वडाध्यक्ष उपेन्द्र सुवालको प्रमुख आतिथ्यतामा आइतबार सूर्यविनायक पार्टी भेन्युमा सम्पन्न भयो ।
कार्यक्रममा वडाध्यक्ष उपेन्द्र सुवालले १८७६ मो मई १ मा संयुक्त राज्य अमेरिकामा भएको ८ घण्टा काम र ज्याला बढाउने मजदुर आन्दोलनमा प्रहरीबाट धुसाएका गुप्ति पुलिसहरुले प्रहरी माथि बम हानेर आन्दोलनकारीहरुलाई गोली चलाएर हत्या भए पछि चर्केको आन्दोलन १८८९ सफल भएपछि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको बताउँदै भोलि बिहान ११ः०० बजे दुधपाटीबाट ¥याली सहित सुरु हुने १३४ अन्तर्राष्ट्रिय श्रमिक दिवस दत्तात्रयमा पुगी जनसभा हुने भएकोले सहभागीताको लागि अनुरोध गर्नुभयो । उहाँले नेपाली युवाहरु अहिले पनि विदेशमा १४÷१५ घण्टा काम गर्न बाध्य हुनुका साथै अनेक दुःखकष्ट भोगेका कुराहरु र बैदेशिक रोजगारीको लागि नक्कली विबाह गरी विदेशमा दुःखका व्यथाहरु सुनाउँदै सरकारमा बसेकाहरुले स्वदेशमै रोजगारीको बन्दोबस्त गरेको भए जनताले दुःख नपाउने बताउनुभयो । उहाँले वाकुपति नारायणमा करोडौंको आर्थिक र श्रमदानबाट सिक्नु पर्ने बताउँदै बाटो मर्मतमा यहाँहरुले पनि सहयोग पाउने आशा व्यक्त गर्नु भयो ।
कार्यक्रममा गःपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले बाटो मर्मतको लागि कम्तिमा प्रति घरधुरीबाट पाँच हजार रुपैंया उठाउने र रेखदेख कमिति गठन गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो ठाउँ अरुले नबाउने भएकोले हामी सबै मिलेर बनाउनुपर्ने बताउँदै सबैले कामको अनुगमन गर्नुपर्ने बताउनुभयो । कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष रविन छुस्याकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा तुल्सी केशरी प्रजापति र रविन जधारीले पनि बोल्नु भएको थियो ।