सूचना धेरै माग्न आए ? शाखा नै खोल्नुस् ः महेन्द्रमान


बैशाख १७, २०८०, आइतबार | दिउँसो ०३:४२ बजे | 45


सूचना धेरै माग्न आए ? शाखा नै खोल्नुस् ः महेन्द्रमान

भक्तपुर । राष्टिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुगले सूचनाको हक नै लोकतन्त्रको सवैभन्दा ठूलो हतियार भएको भन्दै सूचना प्रबाहमा कन्ज्युसाई नगर्न अनुरोध गरेका छन् । जनताको सरोकारको विषयमा सूचना दिन नहिच्किचाउन अनुरोध गर्दै उनले धेरै सूचना माग भई सूचना शाखा नै खोल्न सुझाए । धेरै ठाउँंमा सूचना मागेर अरु काममा अवरोध भयो भनी कुरा सुनियो, मध्यपुर थिमि नगरपालिकाले सूचनाको हक र सार्वजनिक निकायको भूमिका विषयमा भक्तपुरमा भएको एकदिने कार्यशाला गोष्ठीमा उनले भने, बरु यसलाई प्राथमिकता दिएर धेरै सूचना माग्न आए एउटा सूचना शाखा नै खोल्नुहोस् । 
कार्यक्रममा सूचनाको हकका अभियन्ता वरिष्ठ पत्रकार तारानाथ दाहालले सूचनाको हकको इतिहास सुनाएका थिए । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु तथा कर्मचारीहरु सहभागी रहेका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

सूचना धेरै माग्न आए ? शाखा नै खोल्नुस् ः महेन्द्रमान

Comments