स्वतन्त्र पत्रकारद्धारा भितेपात्र प्रकाशन गरी सार्वजनिक


बैशाख १६, २०८०, शनिबार | दिउँसो ०३:५५ बजे | 60


स्वतन्त्र पत्रकारद्धारा भितेपात्र प्रकाशन गरी सार्वजनिक

ललितपर । स्वतन्त्र पत्रकार संघ नेपाल ललितपुरले २०८० सालको भित्ते पात्रो प्रकाशन गरी शनिबार एक कार्यक्रमकासाथ विमोचन गरेको छ । शाखाका अध्यक्ष उपेश नौवागको सभापतित्वमा भएको विमोचन कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस ललितपुर जिल्ला प्रचार प्रसार प्रमुख कार्यकारी जिल्ला सदस्य, वरिष्ठ युवा उद्योग ब्यवसायी जितेन्द्र महर्जन थिए । विशेष अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष वरिष्ठ समाजसेवी के. बी. सम्राट थिए भने अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय कोषाध्यक्ष बद्रीबहादुर दुलाल, अतिथि स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौ जिल्ला शाखा अध्यक्ष पुष्करराज पाण्डे, अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय पार्षदत्रय प्रताप राना मगर, सहप्राध्यापक एवं स्वतन्त्र पत्रकार कृष्ण किसी र राजेश अमात्य रहेका थिए । साथै अतिथि स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौ जिल्ला सल्लाहकार माता भद्रकाली र भक्तपुर जिल्ला शाखा उपाध्यक्ष रेणु त्वनाबासुलगायतको संयुक्तले टिमले भित्ते पात्रो विमोचन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरुले ललितपुर जिल्ला शाखाले भित्ते पात्रो प्रकाशन गरेकोमा यो कार्यलाई प्रसंसा तथा नव बर्ष २०८० सालको शुभकामना दिएका थिए ।

फाेटाेमा हेर्नुहाेस्...

स्वतन्त्र पत्रकारद्धारा भितेपात्र प्रकाशन गरी सार्वजनिक

Comments