वाकुपति चाँगुनारायणको तामाको छानामा सुनको जलप २०८० पुस्तक सार्वजनिक
बैशाख १६, २०८०, शनिबार | दिउँसो ०३:४२ बजे | 70
भक्तपुर, १६ वैशाख । भक्तपुर नगरपालिका वडा नं. ९ सूर्यमढीस्थित वाकुपति चा“गुनारायण मन्दिरको ऐतिहासिक दस्ताबेजसहित उपभोक्ता समितिमार्फत भएका कार्यहरूको अभिलेख सङ्ग्रह गरी भक्तपुर नगरपालिकाबाट प्रकाशित ‘वाकुपति चाँगुनारायणको तामाको छानामा सुनको जलप २०८०’ पुस्तक सार्वजनिकीकरण एवम् सहयोगीहरूलाई धन्यवादज्ञापन कार्यक्रम पासा पुचः को बा“सुरी बाजाको धुनमा शनिबार सूर्यमढीमा सम्पन्न भयो ।
पुस्तक सार्वजनिकीकरण गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले मानव सभ्यताको विकासक्रमसँगै धर्मको विकास भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले सम्पदा पुनःनिर्माण र यहाँको विकास निर्माणको क्षेत्रमा देशकै लागि उदाहरणीय काम गरेको बताउँदै भक्तपुरका कालिगढहरूले देशका अन्य जिल्लाहरूको सम्पदा निर्माणमा समेत क्रियाशीलता देखाउनु भक्तपुरवासीहरूको ठूलो सफलता भएको बताउनुभयो ।
असल नियतले बहुमत जनताको हित हुने काम गर्नु आफँैमा धर्म भएको बताउँदै उहाँले प्रगतिशील भजनले समाजलाई सही दिशानिर्देश गर्ने हुँदा यस्ता गतिविधिहरूलाई समयसापेक्ष ढंगले अगाडि बढाउनु आवश्यक भएको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, हामीसँग भएको मौलिक सीप अरू कसैसँग छैन । हामीसँग भएको पाटी र मन्दिर निर्माण गर्ने सीप आफैँमा महत्वपूर्ण छ । यसलाई पुस्तान्तरण गर्दै जानु आवश्यक छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको सम्पदा संरक्षणमा भक्तपुरवासी जनता स्वयम् अगाडि सरेको बताउँदै उपभोक्ता समितिबाट हुने कामबाट व्यक्तिगत फाइदा लिन नसकोस् भन्ने हेतुले पारदर्शितालाई विशेष जोड दिँदै आएको बताउनुभयो ।
उहाँले वाकुपति चाँगुनारायण मन्दिरमा तामाको छाना र सुनको जलप लगाउने कार्यमा १५०० भन्दा बढी व्यक्तिहरूबाट आर्थिक सहयोग प्राप्त भएकोमा सहयोगी सबैलाई धन्यवादज्ञापन गर्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “वाकुपति मन्दिर परिसर धार्मिक र सांस्कृतिक महत्व बोकेको ठाउँ भएको हुँदा यसलाई ज्येष्ठ नागरिकहरूलाई दिवा सेवा दिने आदर निकेतनको रूपमा विकास गर्न सके यसको महत्व अझ बढ्नेछ ।”
बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुरका जनताले यहा“का सार्वजनिक सम्पत्ति संरक्षणमा कहिल्यै सरकारको मुख ताक्ने काम नगरेको बरु स्वतःस्फूर्तरूपमा जनता आफैँले चन्दा सड्ढलन र जनश्रमदान जुटाई देशकै लागि उदाहरणीय काम गरेकोे बताउनुभयो ।
सांस्कृतिक गुरुहरूको सम्मानमा राज्यले विभेद गर्दै आएको बताउँदै उहा“ले भक्तपुर नपाले वास्तविकरूपमा प्रजातन्त्रको अभ्यास गरी आत्मनिर्भर ढंगले काम गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले ऐतिहासिक वाकुपति मन्दिर स्थानीय जनताको आस्थाको केन्द्रको रूपमा रहेको बताउँदै पुर्खाले सिर्जेको सम्पत्ति संरक्षण र संवद्र्धन गर्नु हाम्रो साझा कर्तव्य र दायित्व भएको बताउनुभयो ।
उहाँले सार्वजनिक सम्पत्ति संरक्षण र संवद्र्धनमा भक्तपुरवासी जनताको सहयोग गर्ने मानवीय गुणको सराहना गर्दै सम्पदा संरक्षण र नगरपालिकाका अन्य विकास निर्माणको काममा उपभोक्ता समितिमा बसी इमानदारीपूर्वक काम गर्ने सबैजना धन्यवादका पात्र हुन् भन्नुभयो ।
इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले वाकुपति चा“गुनारायण अध्ययन अनुसन्धानको क्रममा धेरै नया“ तथ्यहरू पत्ता लागेको बताउँदै वाकुपति परिसरमा रहेका अनेक कालखण्डका कलावस्तु, अभिलेखलगायत ऐतिहासिक सामग्रीहरूको अध्ययन विश्लेषण हुन जरुरी रहेको बताउनुभयो ।
उहाँले भक्तपुर स्वयम्मा एक खुला विश्वविद्यालय, खुला सङ्ग्रहालय र खुला पुस्तकालयको रूपमा रहेको बताउँदै मन्दिरमा तामाको छाना र सुनको जलप लगाउने कार्यसँगै वाकुपति चाँगुनारायणको प्राचीनता पत्ता लगाउने काम आफैंमा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले वाकुपति परिसरमा रहेका सार्वजनिक महत्वका सम्पत्ति र सम्पदाहरूको इतिहास र अभिलेख जीवन्त राख्नु हामी सबैको दायित्व भएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूले वाकुपति चाँगुनारायण मन्दिरमा तामाको छाना र सुनको जलप लगाउने कार्यमा दस हजार रूपैयाँभन्दा माथिको आर्थिक सहयोग गर्ने सहृदयी महानुभावहरूलाई धन्यवादज्ञापन पत्र प्रदान गर्नुभएको थियो ।
भक्तपुर नपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठले धन्यवादज्ञापन गर्नुभएको थियो ।
शनिबार विमोचन भएको पुस्तकमा मन्दिरमा तामाको छाना र सुनको जलप लगाउने कार्यमा करिब १ हजार ५ सय ४७ जनाले रु. १ करोड १५ लाख ९५ हजार ६ सय २८ रूपैयाँ बराबरको चन्दा सड्ढलन भएको विवरण उल्लेख छ । साथै पुस्तकमा हालसम्मको आयव्यय विवरण पनि समावेश गरिएको छ ।
कार्यक्रमको बिचबिचमा वाकुपति नारायणको नौ दाफा भजन, भक्तपुर बचत तथा सहकारी संस्थाको बाँसुरी र बीणा, विश्वकर्मा भैल प्याखँको धाँ बाजा, वाकुपति नारायण भजनको प्रगतिशील भजन आदि प्रस्तुत गरिएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...