भक्तपुरको यो ‘मिनी गढीमाई’


बैशाख १४, २०८०, बिहीबार | विहान ११:१९ बजे | 20


भक्तपुरको यो ‘मिनी गढीमाई’

भक्तपुर । हजारौंको पशुवली दिएर बाराको गढिमाईमा जस्तै विहीबार भक्तपुरमा दसौं हजार बोका, हाँंस आदि पशुपंक्षीको बलीदिएर  विशेष पूजा भएको छ । गढीमाईमा राँंगा, बोका, सँंगुर, कुखुरालगायतका पशुपन्छीलाई मार हाने जस्तै यहाँं बोका अनि हाँंसको मार हानेर पूजा गरिएको हो । स्थानीय नेपाल भाषामा यसलाई दुगुपूजा वा दिगुपूजा भनिन्छ । यसलाई कुलदेवता, देवाली वा कुलपूजालगायतका अनेक नामले चिनिन्छ । 
गढिमाई मेला प्रत्येक पाँंचपाँंच वर्षमा एक पटक हुने गरे पनि यहाँं यो पूजा भने प्रत्येक वर्ष हुने गर्दछ । दुगुपूजा विशेष एक दिनमै सिमित हुँंदैन । तर पनि बिहीबार अधिकांशको पूजा पर्दछ । यहाँंका नेवार समूदायले अक्षय तृतीया पछि आइतवार र बिहीवारमध्ये जुन दिन पहिले आउँछ उक्त दिनलाई तःदीँ मानेर दिगुपुजा पर्व मनाउने गर्दछ । सोही अनुसार यसवर्ष बिहीवार तःदीँको रुपमा दिगुपुजा पर्व मनाइएको हो । 
जात अनि वर्ग अनुसार यो पूजाको दिन फरकफरक भने हुने गर्दछ । बिहीबार किसान वर्गका परिवारले पूजा गरेका हुन् । किसानको बाहुल्यता भएकोले बिहीबार पूजा पर्नेहरुको संख्या अत्याधिक थिए ।
स्थानीय प्रत्येक परिवारले एउटा कुल अर्थात् प्रतिपरिवार सवैले यस दिन एउटाएउटा बोका बली दिएर पूजा गर्ने गरिन्छ । भक्तपुर र मध्यपुर थिमि नगरबासीका झण्डैझण्डै सवै परिवारको यो दिन यो पूजा हुने गर्दछ । २०६८ सालको जनगणणा अनुसार भक्तपुरमा कुल तीन लाख चार हजार ६ सय ५१ जनसंख्याको बसोबास रहेको छ भने यहाँंको औसत परिवार संख्या ६ जना रहेको छ । २०६८ को जनगणणाा अनुसार भक्तपुर नगरमा मात्रै १७ हजार ६ सय ५५ घरधुरी रहेका छन् । 
यो पर्वलाई बोकाको मासु खाने खुसियालीमा पनि स्थानीयले लिने गर्दछन् । यसकारण यो दिन घरघरमा साँंझ बोकाको मासु पकाएर खाने गर्दछ । 
गढिमाईमा जस्तो मेला यहाँं एकै ठाउँंमा लाग्दैन । तर पनि सवैभन्दा वढी हनुमानघाटमा विशेष भीड हुन्छ । हनुमानघाटबाहेक ल्योंसिखेल, सिद्धपोखरी, कमलपोखरीलगायतका देवस्थललगायतका करिव एक दर्जन स्थानमा बिहीबार देवाली पूजा गर्नेहरुको उतिकै भीड लागेको थियो । 
त्यहाँं रहेको देवतालाई पूजा गरी बली चढाइएको हो । अत्याधिक भीड हुने भई देवतास्थलभित्र पूजा गर्न स्थान अभाब हुने भएकाले देवतास्थल बाहिर लस्करै बसी सामूहिक पूजा गरेर बली चढाइएको थियो ।  
गढिमाई मेलामा ६० हजार राँंगा, डेढ लाख वढी कुखुरा अनि त्यतिकै संख्यामा अन्य पशुपिन्छीको बली दिइन्छ । गढिमाई मेलामा दिइने पशु बली विश्वमै सवैभन्दा ठूलो रहेको जनाइएको छ । भक्तपुरमा मनाइने देवाली पूजामा कति पशु वलि चढाइयो भन्ने एकिन तथ्यांक कसैसँंग छैन । तर विशेष गरी भक्तपुर र मध्यपुर थिमि नगरभरिका स्थानीय प्रत्येक परिवारले एउटा एउटा बोकाको बली चढाउने गरिन्छ । 
वर्षकै ठूलो पूजा भएकाले बिहीबार यहाँं विभिन्न स्कुल, कलेजलगायतका अधिकांश सघसंस्थाहरुले स्थानीय पर्व विदा दिएका थिए । घरघरका सपरिवार पूजामा संलग्न भई स्कुल कलेज आउने विद्यार्थी नहुने हँुदा यो दिन स्थानीय पर्व विदा दिने गर्दै आएको छ । 
इतिहासविद् जननीप्रसाद मुल पुर्खाको सम्झना अनि सम्मानस्वरुप कुल देवताको पूजा गर्न यो पूजा चलिआएको बताउँछन् । उनका अनुसार यस्तो पूजा लिच्छविकालअघिदेखि चलिआएको पाइएको छ । विशेष गरी यो पूजा मसानघाट आसपासमा हुने उनले जनाए ।

Comments