प्रगतिशिल साहित्य लेखनको बैचारिक रङमन्चमा एउटा नया पात्रको प्रबेश
बैशाख १४, २०८०, बिहीबार | विहान ०८:५२ बजे | 20
प्रगतिशिल साहित्य लेखनको बैचारिक रङमन्चमा एउटा नया पात्रको प्रबेश भएको छ-* कमरेड फिफटि प्रसेनट " को चरित्र बोकेर । यो पात्रलाई जन्माउने, चिनाउने ,अझ त्यसको कलमी उत्खनन् गर्ने काम गरेका छन सान्स्कृतिक आनदोलनको भुक्तभोगी लेखक/नाटककार/ सन्चारकर्मी कमरेड खेम थपलिया ले । लेखन कमरेड खेमको रहर होइन , पेसागत बाध्यता पनि होइन त्यो मलाई राम्ररी हेक्का छ । किनकि उनी बिगत 16 बर्ष देखि मेरो चिया -चुरोटको पार्टनर हुन । उनी जिम्मेबारीबोधका कारण लेखछन , जनयुध्हको सफलता र अस्फलताका बारेमा लेखछन , बैचारिक शन्खलनका बिरुध्ह लेखछन , दमन ,शोषण ,बिभेद र सबैखाले दमनका विरुद्ध ,सधै भरी लेखी रहने कमरेड खेम ले आफ्नो आठ नम्बरे नाटक कृतीको रुपमा कमरेड फिफटि प्रसेनटलाई मुद्रण (पुस्तिका ) आकार मार्फत हिजो बैसाख -१३(२०८०,बुधबार,१२बजे ) सम्बाद डबलीको मन्च बाट सारबजनिक गरेका छन ।
सो समारोहमा नाटककार खेमले मलाई प्रकाशित पुस्तिकाको एक प्रती ,एक दिन अघि उपलब्ध गराइ मेरो बिचार ब्य्क्त गरिदिन इच्छा ब्य्क्त गरे पछी मैले नाइ भन्ने कुनै ठाउँ थिएन । किनकि यस अघि मैले उनले सहिद कृष्णसेन इच्छुकको शाहदत घटना माथी लेखेको एकाङ्की -उनी मरेका छैनन् को निर्देशन गर्ने क्रममा कमरेड खेमको धारिलो लेखन सङ परिचित थिए अझ ज्यादै प्रभाबित ।
प्रकासित पुस्तिकामा तीन वटा नाटकहरु समाबेश रहेका छन । क्रमश: कमरेड फिफटि प्रसेनट (full lenth play), उज्यालो भएको छैन (full lenth play ) र बर्दी अखडामा कवि ( singal lenth play ) यी तीन नाटकको फोम बिसङत (Abserd ) धारको छ । जनयुद्ध, बिस्तृत शान्ति सम्झोता र ततपस्च्यात सुरु भएको सन्सदिय राजनीति / सत्ता केन्द्रित ,कुर्सी केन्दृत बिसङतिमा बिसेस्त जन्युध्हका सुपरिमो प्रचण्ड लगायतका क्रान्तीकारी नेताहरु बैचारिक र आर्थिक कमिसनको दलदलमा फसेको , जनयुध्हलाई सफल बनाउन आफ्नो सर्वस्ब गुमाएर अनेको पिडा बोकी अझै सङ्ह्र्शरत सह योध्हाहरुलाई नाटक साहित्यको बैचारिक मोर्चमा उतार्न नाटककार खेम फेरि एक पटक सफल बनेका छन । प्राचीन ग्रीकमा लेखिएको एक मिथक Pendora Box भित्र रहेका भोक,रोग,गरिबी सङै सब भन्दा मुनि थिचिएको पात्र- आशा " लाई त्यो बाक्सबाट राजकुमारी ले बाहिर ल्याए जस्तै कमरेड खेमले कमरेड फिफटि प्रसेनट नामक समकालिन बिसङत समयको pendora box नाटक प्रेमी माझ खोली दिएका छन ।
सुभकामना-