नेकमा पानी प्रशाेधन प्रविधि जडान


बैशाख १२, २०८०, मङ्गलबार | विहान ०५:१२ बजे | 30


नेकमा पानी प्रशाेधन प्रविधि जडान

नेपाल इन्जिनियरिङ कलेजकाे छात्रावासमा जमिन मुनिकाे पानीमा फलामकाे मात्रा अधिक देखिए पछि उक्त पानी प्रशाेधन गरी प्रयाेग गर्न पानी प्रशाेधन प्रविधि अपनाइएको छ। ७० जना छात्राहरू बस्ने उक्त छात्रावासमा विगत केही समय देखि गुणस्तरीय पानीकाे समस्या देखिएकाे थियाे। दैनिक दस हजार लिटर पानी प्रशाेधन गर्न सकिने उक्त प्रविधिबाट छात्रावासमा बस्ने विद्यार्थीलाई केही राहत हुने देखिन्छ। कलेजका विद्यार्थी र स्थानीय बासिन्दालाई समेत पुग्ने पानी निकाल्न कलेज संचालक समिति सदस्य दिनेश खनालले विभिन्न निकायसँग सम्पर्क गरी प्रयास जारि राखेकाे जानकारी दिनुभएकाे छ

Comments