नेवाः अर्गनाइजेशन जर्मन शाखामा भक्तपुरका कुमार नापित अध्यक्ष
बैशाख १०, २०८०, आइतबार | दिउँसो १२:३१ बजे | 40
भक्तपुर भक्तपुर १० गते वर्लड नेवाः अर्गनाइजेशनको (धलय) जर्मन शाखा गठन भएको छ । १० अप्रील २०२३ मा जर्मनको लुबेक शहरमा दोस्रो कार्यकालको लागि जर्मनको लुनिर्वकमा बसोवास गर्ने व्यवसायी तथा समाजसेवी कुमार नापितको अध्यक्षतामा गठन गरेको हो । सो अर्गनाइजेशनको जर्मन शाखा पहिलो कार्यकालमा जर्मनको मिंचेल (म्युनिक) शहरमा बसोवास गर्ने बिकाश मान प्रधानको अध्यक्ष्यता भएको थियो । नव गठित शाखाका अध्यक्ष्य कुमार नापित भक्तपुरको वडा नं. ५ क्वाछें टोलमा जन्मेका थिए । बच्चा बेला देखि गरिवीको कारण धेरै संघर्समय जिवनबाट गुज्रीन्दै जर्मन पुगेका नापित त्यहाँ बसेर पनि नेवारहरुलाई नेवाः संस्कृति र भाषाका लागि अग्रनी भुमिका खेलिरहेको उहाँ निकटका साथिहरुको भनाईछ । बेवसाय गर्दै समाजसेवामा पनि लागिरहेको नापित संस्कृति र सम्पदाका जिवित संग्रहालयका रुपमा परिचित भक्तपुर नगरपालिकामा जन्मेर नेवाः संस्कृति भषभुषा खानपीन खेलकुदसँग राम्रो घुलमिलमा हुर्कीन्दै सबै क्षेत्रमा राम्रो ज्ञान हासिल गरेका अनुभवी थिए नापित । जर्मनमा बसोवास गर्ने नेवाःहरुलाई नेवाः भाषा, संस्कृति, भेषभुषा, नेवाः खानेकुराको परिकारका बिषयमा पनि सिकाउने लगायत प्रचार प्रसारमा लागिरहको पनि साथिहरु बताउँन्छन । यस्तै मेहनत र परिश्रम देखेर नै वल्र्ड नेवाः अर्गनाइजेशनले र जर्मनमा बसोवास गर्ने नेवाःहरुबाट सर्वसम्मतीले नापितलाई दोस्रो कार्यकालको लागि अध्यक्ष्यमा चयन गरेको हो । उत्त कार्यक्रममा शाखा बिस्तारका लागि वल्र्ड नेवाः अर्गनाइजेशनका नवनिर्वाचित केन्द्रिय अध्यक्ष्य संयुत्त श्रेष्ठ युके लण्डनबाट, बेल्जियमबाट उपाध्यक्ष्य, सल्लाहाकारहरु रविन्द्रमान श्रेष्ठ, जर्मन वाइरोड बसोवास गर्ने दिनेश प्रधान, फ्रङ्गफर्ड निवासी शंखर महर्जन नेवाः खल हम्वर्ग जर्मनका संस्थापक अध्यक्ष्य मानव कुमार श्रेष्ठ, नेवाः खल हम्बर्गका संस्थापक सम्रक्ष्यक चिरण श्रेष्ठ, सफल बेवसायी तथा समाजसेवी नेवाः खल हम्बर्गका संस्थापक सम्रक्ष्यक नरेन्द्र श्रेष्ठ, नेवाः खल हम्बर्गका संस्कृतिक सम्रक्ष्यक सरोज श्रेष्ठ, लगायत अरु बिभिन्न त्यहाँ बसोवास गर्ने नेवारहरुको सहभागीता रहेको संस्थाले जानकारी दिएको छ । कार्यक्रममा प्रमुख अतिथि वल्र्ड नेवाः अर्गनाईजेशनका केन्द्रिय अध्यक्ष्य संयुत्त श्रेष्ठले यस संस्थाको महत्व र आवश्यकताका अनि बिशेसताका बारेमा प्रस्त पार्नु भयो भने उपाध्यक्ष रजनी प्रधानले सबै नेवारहरु संगठीत रुपमा हातेमालो गरि संस्थाको अवस्था बुझि सबै एकजुत भएर अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो । सल्लाहाकारहरु सबैले नेवाः समुदाय एक जुट भई नेवाः संस्कृति, भाष, भेषभुषा, खाना लगायत नेवाः समुदायको प्रवर्धन तथा भावी पिढीलाई हस्तान्तरण गरि बिश्वसामु चिनाउँदै जानु पर्ने र जाने मन्तव्य दिनु भएको थिायो । कार्यक्रममा नवगठित कार्यसमितिका तर्फवाट उपाध्यक्ष्य रामकाजी गोसाँईले नेवाः समुदाय र गैरनेवाः समुदायसँग समन्वय गरि समझदारीमा शाखालाई अगाडी बढाउने बचन दिएको छ । त्यस्तै शाखाका सल्लाहाकार नेन्द्र श्रेष्ठले हामी सबैको साथ सहयोगमा यो जर्मन शाखालाई बिश्व सामु चिनाउँनु पर्छ भनु भयो । कार्यक्रमको अन्तमा शाखाका सर्वम्मत नव मनोनित अध्यक्ष्य कुमार नापितले सहभागी सबैलाई धन्यवाद दिदैं कार्यक्रम सम्पन्न भएको जानकारी दिएको थियो । नवगठित शाखाको कार्यसमितिमा अध्यक्ष्य कुमार नापित, उपाध्यक्ष्यमा रामकाजी गोसाँई, सचिव डा. देव नापित, कोषाध्यष शिर्षक श्रेष्ठ, सस्कृतिक संयोजक उर्मीला श्रेष्ठ बदगामी, सदश्यहरुमा अमित कुमार वासुकला, पदम श्रेष्ठ, जीवन श्रेष्ठ अन्जना श्रेष्ठ, बिन्दिरा बोहजु सलोनी श्रेष्ठ, रक्षा श्रेष्ठ कपाली, सल्लाहाकारहरुमा बिकाश मान प्रधान, गणेशमान ताल्चाभडेल, डा.मलखा श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, राजेन्द्र, श्रेष्ठ दिनेश प्रधान, शिव श्रेष्ठ, अम्रीत श्रेष्ठ रहेको छन् ।