बनमालाको चित्रले लोभ्याए दर्शक


बैशाख ९, २०८०, शनिबार | दिउँसो १२:३९ बजे | 5


बनमालाको चित्रले लोभ्याए दर्शक

बुधबार सिद्धार्थ आर्ट क्यालरीमा ५० वटा पौभा र २१ वटा आधुनिक चित्र प्रर्दशन गरिएको थियो । दुबै सेक्सनमा हेर्नेको लर्को लागेको थियो । तर जब आधुनिक चित्र सेक्सनमा ढोकाबाट छिर्ने दर्शक ढोकामै एकछिन अड्किन्छन् । तिनीहरुको मुखमा वाह शब्द निस्केको सुनिन्छ । कसैले अनविलिएभल –अविश्वनिय), सो नाइस, आइ लाइक इट कानलाई आनन्द दिने खालका साह्रै राम्रा शब्दहरुको गुन्जिरहेका थिए । मलाई पनि कौतुहल्ता जाग्यो र भित्र पसे । 
ढोकाबाट छिर्ने वित्तिकै ठूलो आयत आकारको झुण्डाएका रंगीन र कालो सेतो चित्र देखे । जसको शीर्षक गड लस्ट चाइल्स हुड (भगवानले बाल्यकाल गुमाए) थियो । त्यस चित्रमा विचमा रंगीन देवता थियो भने त्यसको दायाँबायाँ रंगहिन दुई जना बालक हात समाएर बसेमा छन् ।
यस चित्र भक्तपुरका चित्रकार बालकृष्ण बनमालाले बनाएका थिए । बनमालाले चित्र मार्फत झल्काउन खोजेको आफ्नो कुरा राखे । उनले देखाउँदै चित्रले भने यो भक्तपुरमा करिब ११ महिना जात्रा हुने नवदुर्गा जात्राका ती पात्र हुन् । विचको श्वेत भैरव र सिमदुम । जुन विहानदेखि बेलुकासम्म हुने गर्दछ भक्तपुरको टोलटोलमा र काठमाडौं, काभ्रेका विभिन्न स्थानमा । 
यो चित्रले जात्राको बेला विहानदेखि बेलुकासम्म हुने भएका कारण देवगण बनेका बच्चाहरु विद्यालय जान पाउँदैन्न् । विद्यालय जना नपाउने भएका कारण उनीहरुको १ वर्ष नाश हुन्छ । देवगण बन्ने पनि पालैपालो हुने गर्छ । अर्को वर्ष पनि देवगण बन्ने भएन भने उनीहरु नै फेरी बन्नुपर्ने हुन्छ । यसले गर्दा शिक्षाबाट बञ्चित हुँन्छन् । यसले गर्दा उनीहरुको भविष्य ओझेलमा परेको देखाउन खोजिएको उनी बताउँछन् ।
त्यस्तै चित्र पुन देखाउँदै चित्रमा पछाडी पट्टि तिनै जनाको छाया कालो राख्नुको मतलब अन्तिममा वा बुढेसकालमा देवगण बनेको तीन नै जनाको जिवन अन्धकारमय हुने गरेको वास्तविकता देखाउन खोजेको उनी सुनाउँछन् । किनकी यदि कोही सरकारी कर्मचारी भएको भए पेन्सिन पाउने वा संचयकोष हुँन्छ । यदि व्यापार व्यवसाय गरेको समयमा तन्न पैसा कमाएर बचत गरेको हुन्छ उनले भने तर यसमा यस्तो कुनै पनि सुविधा हुँदैन । छात्रा भएसम्म छात्रामा देवतालाई चढाएका खानेकुरा फलपूmल हुन्छ र केही ५–१० रुपैया दक्षिणा चढाएको हुन्छ त्यसैले जेनतेन गुजारा चलाएका हुन्छन् । त्यसपछि देवता बन्न नसकेपछि एक छाक खानलाउनको पनि धौधौ हुन्छ । 
त्यस्तै बनमालाकै अर्को कुनामा राखेको महाकालीले नृत्य गरिरहेको चित्र पनि थियो । त्यसमा पनि महाकालीको मास्क अर्थात नेपाल भाषामा ख्वपा रंगीन थियो । त्यसले देवता भएपछि लगाउने आभूषण सबै रंगीन थिए तर मानिस व्याक्न एन्ड वाइट थियो । बनमालाले देवताको मास्क लगाएसम्म सबैले देवता भनेर मान सम्मान इज्जत दिइन्छ । तर जब मास्क खोलिन्छ त्यसपछि फेरी सर्वसाधारणको रुपमा नै जिवन विताएको हुन्छ । तब यदि मानिससँग धनसम्पत्ति छ भने सम्मान गरिन्छ नभए मान्छे पनि गन्दैन्न् । भक्तपुरको नवदुर्गा देवगणको जिवनशैली यस्तो छ । मास्क लाएपछि सम्मान उटारेपछि अपमान ।
उनी निरन्तर आधुनिक चित्र भनिएता पनि नवदुर्गा देवगणको मर्म, पिडा, इच्छा आकांक्षा, भविष्यका बारेमा झल्काउने सचेतन झल्काउने चित्र निरन्तर लागि परेको उनी सुनाउँछन् । उनले यदि यसको बारेमा नसोचेको भए अहिले देवगणहरु सबै अशिक्षित हुन बाध्य हुन्थ्यो । उनको निरन्तर पहलपछि अहिले देवगण बनेका ४ जना बच्चालाई विभिन्न निकायबाट १० कक्षा सम्म निःशुल्क पढाउने व्यवस्था गरिएको छ । 
उनले विभिन्न ठाउँमा प्रर्दशनी गर्दा उनको मुख्य पात्र नै नवदुर्गा देवगण नै हुने गरेको उनी सुनाउँछन् । आफ्नो प्यासनको साथसाथै यसले देवगणको समस्याबारे सबैको ध्यानाकर्षण गर्नको लागि निरन्तर पाइला चालिरहने छु । 
अरु चाडपर्व जात्रामा आधुनिकिरण प्रयोग भइसकेको छ । तर नवदुर्गा जात्रा भने अहिले पनि परापूर्वकाल कै शैलीमा चलाइरहेको देखिन्छ । अहिले पनि देवता एक ठाउँबाट अर्को ठाउँमा लानको लागि सवारीसाधनको प्रयोग गरिदैन । नवदुर्गा देवगणको मास्क खर्पनमा बोकेर हिडेर पुग्ने गर्दछ ।
पहिलो दिन नै उनको महाकाली नृत्य गरिरहेको चित्र विक्री भइसकेको उनले जानकारी गराए ।
सिद्धार्थ आर्ट ग्यालरीका संस्थापक संगीता थापाले सबैको चित्रमा गहिरो अर्थ बाकेको हुन्छ । तर भक्तपुरका चित्रकार बालकृष्ण बनमालाको चित्रमा अर्थको साथसाथै जिवित व्यक्तिहरुको कथा पनि झल्काउने गरेको बताउँछन् । मलाई लाग्छ भक्तपुरको नवदुर्गा देवगणको बारेर चित्र प्रर्दशनीमा ल्याउने उनी पहिलो हुन् । अहिले पनि अधिकांश प्रर्दशनीमा उनले नवदुर्गाका पात्रहरुलाई नै समाबेश गर्ने गरेको उनी सुनाउँछिन् ।
त्यस्तै देवेन्द्र सिंख्वालले नयाँ पन झल्काउनको लागि यसपाली कुरकुला देवीको मूर्ति स्यामश्वेत (कलोसेतो) मा बनाएको बताए । खासमा पौभा भनेको रंगीन हुन्छ तर स्याश्वेत पनि बनाएर हेरौं भनेर भाइ र मैले मिलेको बनाएको हो उनले भने । तर यो पुजा गर्नको लागि हुँदैन थपे उनले । 
प्रर्दशनीमा आशा, क्रान्ति, खुसी, आत्म सन्तुष्ति, माया, फ्रस्टेसन (तनाब) अन्य मनोरञ्जनात्मक चित्र प्रस्तुत गरिएको छ । भक्तपुरलाई केन्द्रित गरेर प्रर्दशनी गरिएको हो । २०८० बैशाख जेष्ठ ५ गतेसम्म (अप्रिल १९ देखि मे १९ सम्म) हुने गर्छ ।


Comments