बजरंगवली साकाेसद्वारा आमाकाे मुख हेर्ने कार्यक्रमकाे आयाेजना


बैशाख ६, २०८०, बुधबार | विहान ११:४६ बजे | 55


बजरंगवली साकाेसद्वारा आमाकाे मुख हेर्ने कार्यक्रमकाे आयाेजना

मध्यपुर थिमि । बजरंगबली बचत तथा ऋण सहकारी संस्था लि.मध्यपुर थिमि लाैहकिल्थलीले आज बुधवार आफ्ना जेष्ठ महिला सदस्यहरूलाई सम्मान गर्दै आमाकाे मुख हेर्ने कार्यक्रम गरेकाे छ ।
मातातिर्थ अाैशीकाे अवसर पारेर संस्थाका ६९ जना जेष्ठ महिला सदस्यहरूलाई नेवारी परम्परा अनुसार माछा, अण्डासहितकाे दही सगुन, खाढा अाेढाएर सम्मान गर्दै मातातीर्थ अाैशी मनाएकाे संस्थाका ब्यवस्थापक सन्तकृष्ण हेकाले जानकारी दिनुभएकाे छ ।  संस्था अधिकाशं पदाधिकारीहरूकाे सहभागीता रहेकाे साे अवसरमा सम्मानित महिलाहरूले संस्थाले समयसमयमा जेष्ठ सदस्यहरूलाई विभिन्न तरिकाबाट सम्मान गर्ने गरेकाेमा खुशी ब्यक्त गरेकाे संस्थाका अध्यक्ष अष्टकुमार कवेंले बताउनुभयाे । 


Comments