वातावरण संरक्षण मञ्चको पुस्तक विमोचन


बैशाख ५, २०८०, मङ्गलबार | साँझ ०४:३५ बजे | 40


वातावरण संरक्षण मञ्चको पुस्तक विमोचन

भक्तपुर, बैशाख ५। वातावरण संरक्षण मञ्चद्वारा मंगलबार शुभकामना आदानप्रदान तथा स्वच्छ वातावरण नामक पुस्तक प्रमुख अतिथि वातावरणविद् एवम् लुम्बिनी विश्वविद्यालयका डीन उकेशराज भुजूले विमोचन गरेको छ । उक्त कार्यक्रमका उहाँले प्रकृति र संस्कृतिको मिलनबाट सभ्यताको विकासको रूपमा लिच्छवि तथा मल्लकालका मानिसका मनमा उब्जेका वातावरणका जीवजन्तुको आकृति ढुंगामा समेटिएको सम्पदा आज विश्व सम्पदामा सुचिकृत भएको बताउँदै भक्तपुर नगरपालिकाले उठाएको पर्यटक प्रवेश शुल्कले आज ऐतिहासिक धरोहर संरक्षण तथा वातावरण स्वच्छतामा प्रयोग भएको प्रति प्रसंसा गर्नुभयो । सोही कार्यक्रममा गैरसरकारी महासंघ भक्तपुरका अध्यक्ष नारायण प्रसाद न्याैपानेले गैरसरकारी संस्था समाज र राष्ट्रको हितको लागि महत्त्वपूर्ण योगदान पुगेको बताउँदै जनतासँग सहकार्य गरेर एकिकृत समाज निर्माणको महासंघ लडि रहेको बताउनुभयो । मञ्चका अध्यक्ष न्हुछे बहादुर प्रजापतिको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा उर्जा इन्जिनियर रामसुन्दर कुसी, प्राध्यापक डा. राजेन्द्र कोजु तथा सल्लाहकार रामबहादुर श्रेष्ठ लगायतले वातावरण सम्बन्धमा बोलेका थिए

Comments