विस्कामा उपद्रो गर्ने योजना छ ? फन्दामा परिएला है !
बैशाख ५, २०८०, मङ्गलबार | दिउँसो ०१:०१ बजे | 55
भक्तपुर । प्रहरीले विस्का जात्राको अन्तिम दिन मंगलबार भैरबनाथको रथ तान्ने क्रममा हुनसक्ने सम्भावित झडपलाई रोक्न विशेष सतर्कता अपनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले यसका लागि सवैतिर सीसी क्यामेरको वन्दोवस्त मिलाएको छ । यस अनुसार जात्राको क्रममा कोहीकसैले उत्सृङखल गतिविधि गरे सीसीटीभीकै आधारमा पक्राउ गरी कडा कारबाही गर्ने जनाएको छ । यसका लागि प्रशाशनले सादा पोशाकमा पनि सयौं प्रहरी परिचालन गरेको जनाएको छ ।
विस्का जात्राको अन्तिम दिन मंगलबार भैरबनाथको रथ तानिन्छ । योसँंगै यो वर्षको विस्का जात्रा सम्पन्न हुने छ ।