सिद्धिगणेशको एउटा उदाहरणीय काम


बैशाख ४, २०८०, सोमबार | विहान ०६:४१ बजे | 45


सिद्धिगणेशको एउटा उदाहरणीय काम

भक्तपुर । पानी जीवन हो । पानीविना मानिस वाँंच्नै सक्दैन । पानी मानिसका लागि चाहिरहने तरल खाद्य पदार्थ हो । यही कुरालाई मध्यनजर गरी भक्तपुरको चोर्चास्थि सिद्धिगणेश सहकारी संस्था लिमिटेडले सोमबार खानेपानीको सुविधा उपलव्ध गराएको छ । कार्यालय नजिकै स्टल राखेर निःशुल्क खानेपानीको सुविधा उपलव्ध गराएको हो । बाटोको छेउमा पानीको जारहरु, पानी खन्याउने भाँंडो, जगलगायतका सामान तथा स्वयमसेवक परिचालन गरी पानी खुवाउने बन्दोवस्त मिलाएको हो । 
विस्का जात्राको क्रममा सोमबार भक्तपुरमा ठूलो जात्रा हुन्छ । यसलाई स्थानीय भाषामा द्यो स्वगं वियगू (देवतालाई सगुन चढाउने जात्रा) भनिन्छ । यो क्रममा दिनभर भक्तपुर नगरभरि मानिसको भीड नै लागेको हुन्छ । विहानदेखि रातिसम्म नगरभरि सवैतिर भीड लाखेको हुन्छ । यही भीडमा रहेकाहरुलाई पानीको तिर्खा लाग्ला र उनीहरु पानीको लागि छटपटिएला भनेर पानीको सुविधा दिएको संस्थाले जनाएको छ । 
संस्थाका कर्मचारी चन्द्र दुमरुले संस्थाले वर्षमा एक पटक यो जात्रामा मात्रै नभई नगरमा भइरहने जात्रापर्वमा यस्तै जनहितकारी कामहरु गर्दै आएको सुनाए । यसका साथै संस्थाले विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको जानकारी उनले गराए । 
सिद्धिगणेश सहकारी संस्था भक्तपुरकै सवैभन्दा ठूलो सहकारी संस्था हो । यसको केन्द्रिय कार्यालय भक्तपुर नगरपालिकाको चोर्चामा रहेको छ । 

Comments