६ अ‍ै बजे ढल्यो ल्योसिंद्य


बैशाख १, २०८०, शुक्रबार | दिउँसो १२:३६ बजे | 25


६ अ‍ै बजे ढल्यो ल्योसिंद्य

भक्तपुर । आठ रात नौ दिन लामो भक्तपुरको विस्का जात्राको दोश्रो प्रमुख आकर्षण ५५ हात लामा लिंगो ढाल्ने कार्य सम्पन्न भएको छ । प्रत्येक वर्ष जस्तै भक्तपुर नगरपालिका वडा नं ५ स्थित ल्योसिंखेलमा ५५ हात लामो लिंगो शुक्रबार साँंझ ६ बजे नै ढालिएको हो । यसअघि लिंगोलाई विहीबार उठाइएको थियो ।  

विस्का जात्राको सवैभन्दा बढी मुख्य आकर्षण यही लिंगो उठाउनु र ढाल्नु हो । जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर अनि काठमाडौं उपत्यका आसपासबाट हजारौ जात्राप्रेमीहरु यो जात्रा पुगेका थिए । जात्रा हेर्न आउनेहरुको भीडकै कारण जात्रास्थल मात्रै नभई जात्रास्थल वरपरको एक किलोमिटरको दुरीसम्म सवैतिरका बाटोमै भीड लागेका थियो । 

जात्राको क्रममा ५५ हात लामो लिंगोलाई डोरीको सहायताले तानेर उभ्याइने गर्दछ । लिंगो तान्न सयौं युवाहरु स्वतस्फुर्ट तयार हुन्छन् । घण्टौको प्रयासपछि लिंगो उभ्याउन सफल भएका हुन्छन् । ठूलो भएका कारण कुनै वर्ष लिंगो उभ्याउन नसकेका पनि छ । तर पनि भोलिपल्ट उठाइन्छ ।

प्रत्येक वर्ष चैतको अन्तिम दिन साँंझ यहाँं यसरी नै लिंगो उभ्याउने गरिन्छ । चैतको मसान्तमा उभ्याइने र बैशाख १ गते ढाल्ने भएकाले लिंगो एक वर्ष उभेको बुझाई छ ।

यसअघि नयाँंवर्ष चार दिन अगाडि प्रसिद्ध पाँंचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ मंगलबार दिउँंसो तान्ने क्रमको सुरुवातसँंगै चैत्र २७ गतेबाट जात्रा सुरु भएको थियो । प्रत्येक वर्ष नयाँंवर्ष आगमनको चार दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलिमा बनाइएको तीनतल्ले भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ ।

इतिहास एवं संस्कृतिविद् डा पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको विस्का जात्रा पूर्वमध्यकालतिर तीनसय वर्ष भन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो । तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानीनगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए । तर उपत्यकाको राजनैतिक विखण्डनलगायत वि.सं.१८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफनो केन्द्रीय राजनैतिक–प्रशासनिक महत्व गुमाउँंदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो । तर अहिले फेरि यो जात्रा हेर्नका लागि भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतबाट सयौं मानिसहरु आउने गर्दछन् ।

भैरबनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै रहेको यही भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ । यो बेला पनि रथलाई दुवै साइटमा डोरी राखेर तानिन्छ । यस दिनलाई स्थानीय नेपाल भाषामा द्यो थाहा विज्याइगू अर्थात देवता (रथ) माथि सवारी हुने भनिन्छ । यसकारण यस दिन माथिल्लो साइटमा ६ वटा र अर्काे साइटमा चार वटा मात्रै डोरी राखिन्छ ।


Comments