बिस्का जात्रा र नववर्ष २०८० सालको शुभकामना आदानप्रदान


चैत २९, २०७९, बुधबार | विहान ०४:४२ बजे | 45


बिस्का जात्रा र नववर्ष २०८० सालको शुभकामना आदानप्रदान

भक्तपुर । श्री गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को समिति, उपसमिति र सल्लाहकार, संस्थापक सदस्य र कर्मचारीबीच बिस्काः जात्रा र नव वर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रम संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाको सभापतित्वमा संस्थाको सभाकक्षमा बुधबार सम्पन्न भयो ।
कार्यक्रममा सल्लाहकार रामकृष्ण प्रजापतिले नयाँ बर्षमा नयाँ जोश, जागर र उमंगका साथ जीबन सकारात्मक रुपमा समाजको निम्ति जीउनु पर्ने बताउँदै नयाँ बर्षदेखि अध्ययन संस्कृतिकको विकास गर्नु हुन अनुरोध गर्नुभयो । उहाँले संस्थाको कार्यक्रमबारे प्रस्ट्याउनु पर्ने र  हालको अवस्थालाई ख्याल गरी सहकारीबारे सकारात्मक सन्देश दिनु पर्नेमा जोड दिनुभयो । बिस्काः जात्रामा हुने भैरव रथ भुकम्प, सम्पदा, सामाजिक र ट्राफिक ईन्जिनियरिङ्गके नमुना भएको विज्ञहरुले बताएको बताउनुभयो । यो जात्राको देश विदेशमा पनि चर्चा भईरहेको बताउदैं बिस्काः जात्रा र नव वर्ष २०८० को शुभकामना दिनुका साथै नव वर्षमा अध्ययन सँस्कृतिमा बृद्धि गर्नु पर्नेमा सबैलाई आग्रह गर्नु भयो । 
सल्लाहकार काशीलाल प्रजापतिले देशमा भएको आर्थिक मन्दि निम्तिन सक्ने भएकोले जात्रामा मितव्ययी तरिकाले मात्र खर्च गर्न जोड दिनुका साथै बिस्काः जात्रा र नव वर्षको शुभकामना दिनु भयो ।
उक्त कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाले सहकारीबारे गहकिलो मन्तव्य राख्दै कार्यक्रम समापन गर्नु भयो । साथै स्वागत मन्तव्य उपाध्यक्ष श्रीप्रसाद प्रजापति, उद्घोषक सचिव सत्यराम ज्ञामरु, राजु बजिकों, सिद्धान्त प्रजापति, तुल्सीराम प्याठ, रामकृष्ण लावजू र संस्थाका प्रबन्धक गौतम कुटुवाजूले सहकारी संस्था बारे, बिस्काः जात्रा र नव वर्षको शुभकामना दिनु भयो । 

Comments