७२ सालको भूकम्पले नचर्केका घर अहिले चर्कियो, अब हामी कता जाऔं ?
चैत २९, २०७९, बुधबार | विहान ०४:२२ बजे | 25
भक्तपुर । २०७२ सालको महाभूकम्पमा नचर्केका घरहरु अहिले चर्केको भन्दै भक्तपुरको जोरपाटीबासीले हारगुहार गरिरहेका छन् । स्थानीयस्तरमा निर्माणाधिन हेलिप्याडले त्यसवरिपरिका दर्जन घरहरु चर्किएको भन्दै उनीहरु सहयोगको आशामा छन् । हाल निर्माणस्थलमा जमिन प्रेस गर्नका लागि चलाएका भाइब्रेटले स्थानीयका घरहरु चर्किएको उनीहरुले देखाए ।
हेलिप्याड निर्माणले स्थानीय तीन सय ५० घरधुरीका एक हजार सात सय ५० भन्दा वढी प्रभावित भएको उनीहरुले बताएका छन् । यसकारण यो कार्य तत्काल रोक्न उनीहरुको माग छ ।
हेलिपोर्टले पार्ने प्रत्यक्ष प्रभाव ः
३३.६ रोपनी क्षेत्रफल रहेको स्थानमा निर्माण गर्न लागिएको हेलिपोर्टले यस क्षेत्रमा बसोबास गर्ने नागरिकको संविधान तथा कानुन बमोजिमका हक अधिकारमा प्रत्यक्ष असर पर्ने कुरामा कुनै विवाद रहँदैन । यस स्थानको वरपर रहेका ३५० घरधुरी मा रहेका १७५० व्यक्तिहरु हेलिपोर्ट संचालन भएपश्चात प्रत्यक्ष रुपमा प्रभावित हुन्छन् । त्यसैगरी उक्त हेलिपोर्टको ५०० मिटर आसपासमा कुल ८ विद्यालय रहेको र उक्त हेलिपोर्टको कारण करिब ८ विद्यालयका ४०० विद्यार्थीहरु प्रत्यक्ष रुपमा प्रभावित हुन्छन् । सोही हेलिपोर्टको २०० मिटर मा स्वास्थ्यकेन्द्र, रेडक्रस भवन तथा विभिन्न व्यवसाय रोजगारी गरी आएको अवस्था रहेको छ । उक्त ३३.६ रोपनी क्षेत्रमा बन्ने हेलिपोर्ट सामान्य हेलिप्याड होइन । उक्त हेलिपोर्ट निर्माण गर्दा करिब १.१४२ हेक्टर (११४१८ वर्ग मिटर) क्षेत्रमा कन्कृट को प्रयोग भई व्यष्लतभम च्भष्लायचअभम ऋयलअचभतभ एबखझभलत ९व्च्ऋए० निर्माण गरिन्छ जुन निर्माण गर्दा स्वतः वातावरणमा प्रत्यक्ष प्रभाव हुन्छ । त्यसैगरी उक्त स्थानमा हेलिपोर्ट निर्माण गर्दा वा संचालन हुँदा उत्पन्न हुने फोहोरमैला तथा म्चबष्लबनभ ले समेत उक्त स्थानमा प्रत्यक्ष असर पर्दछ । उक्त हेलिपोर्ट निर्माण गर्दा लगाइएको च्भतभलतष्यल धबिि तथा निर्माण गर्दा उत्पन्न धुलो, धुवाँको कारण नजिकै रहेका नागरिकको स्वास्थ्य तथा श्वासप्रस्वासमा समस्या सृजना हुनुको साथै त्यस क्षेत्रमा रहेको कृषि उब्जनीलाई समेत प्रत्यक्ष असर परेको छ । निर्माण गर्दा प्रयोग गरिएको उच्चतम क्षमताको भ्राइबेटर, रोलर, एस्केलेटर लगायतका उपकरणको कारण उक्त हेलिपोर्टको नजिक रहेका घरहरु चर्किने, चिरा पर्ने लगायतको अवस्था रहेको निवेदन संलग्न प्रमाणले समेत पुष्टि गरिरहेको छ । त्यसैगरी उक्त हेलिपोर्टमा चौबीसै घन्टा व्यवासायीक उडान अवतरण गर्ने हुँदा उक्त क्षेत्रमा रहेका व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा असर पर्ने र नजिक रहेका विद्यालयको शैक्षिक गतिविधि नै प्रत्यक्ष रुपमा प्रभावित हुने कुरामा विवाद छैन । हेलिपोर्ट संचालन पश्चात उक्त क्षेत्रमा रहेका बासिन्दाको श्रवण स्वास्थ्यमा प्रत्यक्ष असर पर्नुको साथै चौबीसै घन्टा सन्चालन हुने हेलिकप्टरले विभिन्न मानसीक स्वास्थ्य र मनोवैज्ञानिक असर समेत पर्दछ । शान्त वातावरणमा रहेका उक्त क्षेत्रका बासिन्दालाई एक्कासी हुने ध्वनी प्रदुषणको कारण र हेलिकप्टरको नजिकबाट हुने उडानको कारण उक्त क्षेत्रका बासिन्दाको स्वास्थ्य तथा मनोविज्ञानमा प्रत्यक्ष रुपमा नकरात्मक असर पर्दछ । उक्त हेलिपोर्ट संचालन पश्चात उत्सर्ग हुने च्बमष्बतष्यल ले स्वास्थ्यमा नकरात्मक असर पार्ने, त्यस क्षेत्रमा रहेका घरपालुवा तथा जंगली जनावर तर्सिने, आत्तिने तथा निजहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पर्नेमा विवाद छैन । त्यसैगरी उक्त हेलिपोर्टबाट प्रत्यक्ष रुपमा प्रभावित भएका सुर्यविनायक नगरपालिका वडा नं ९ र १० मा कृषिजन्य भूमीमा रोपिने धान, गहुँ, तोरी लगायत अन्य बालीनालीलाई समेत प्रत्यक्ष असर पर्ने अवस्था रहेको छ भने यस क्षेत्रमा रहेको जंगलमा रहेका जनावर तथा चराचुरुङ्गीलाइ समेत प्रत्यक्ष रुपमा प्रभाव पर्दछ । यसरी निर्माणधिन अवस्थामा रहेको उक्त हेलिपोर्ट निर्माण गर्दा तथा निर्माण सम्पन्न भई हेलिपोर्ट संचालन हुँदा उक्त स्थानमा रहेको नागरिक, बालबालिका, बासिन्दाको संविधान तथा कानुन प्रदत्त अधिकारहरुमा अनुचित बन्देज लाग्ने अवस्था रहनुको साथै उक्त कार्यले त्यस क्षेत्रमा रहेको कृषि बाली, चराचुरुंगी, जंगली तथा घरपालुवा जनावरलाई समेत प्रत्यक्ष असर पर्ने अवस्था रहेभएकोमा उक्त कार्य गर्दा विपक्षीहरुले कुनै पनि मूल्यांकन नगरी र पर्ने असरको न्युनीकरणको समेत कुनै पनि उपाय अवलम्बन नगरी निर्माण कार्य अघि बढाउने कार्यले कानुन तथा संविधानले प्रत्याभूत गरेको हक हनन् भएको र हुनेमा गम्भीर आशंकाको अवस्था विद्यमान रहेको छ ।
फाेटाेमा हेर्नुहाेस्...