कहाँं छ भैलख ?
चैत २८, २०७९, मङ्गलबार | विहान ०३:५८ बजे | 25
सोमबार रातिसम्म भैलख भक्तपुरको दतात्रयको घुम्तीमा थियो । घुम्तीबाट दतात्रयमा लान नसकी त्यही कुनामा अडकिएको थियो । स्थानीका अनुसार राति १२ बजेपछि रथ तान्न बन्द भएको थियो र भैलख त्यही अडकिएको थियो । त्यहाँं रहेको भैलखलाई मंगलबार विहान तानेर इनाचो, गोल्मढीतिर लगिंदै थियो । यो समाचार तयार पार्दासम्म गोल्मढीबाट रथलाई क्वने अर्थात् टौमढी लाने क्रममा छ । परम्परा अनुसा सोमबार तानिएको रथलाई क्वने अर्थात टौमढीबाट पश्चिमतिर लगेर गहिटीमा पुयाएर छोडनुपर्ने थियो ।