स्वास्थ्यकर्मीहरुले सेवाको भावनाले काम गर्नुपर्ने


चैत २७, २०७९, सोमबार | विहान ११:४० बजे | 20


स्वास्थ्यकर्मीहरुले सेवाको भावनाले काम गर्नुपर्ने

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छें(रोहित)को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा ख्वप ईन्जिनियरिड्ड कलेजको सभाहलमा विस्काः जात्रा तथा नया“ वर्ष २०८० को उपलक्ष्यमा शुभकामना आदान प्रदान सम्पन्न भयो । 
कार्यक्रममा प्रमुख अतिथि विजुक्छेंले अहिले देशको अर्थतन्त्र तहसनहस हुनुमा कर्मचारीहरु इमानदार र लगनशील भई काम नगर्नुको परिणाम हो भन्नुहुँदै ख्वप अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरु आप्mनो पेशाप्रति लगनशील भई इमानदारितापूर्वक देश र जनताको सेवामा समर्पित हुनुपर्ने विचार व्यक्त गर्नुभयो । 
उहा“ले सरकारले सरकारी अस्पतालमा राम्रो बन्दोबस्त गर्न नसक्दा जनताहरुले अकालमा मृत्युवरण गर्नु परिरहेको बताउनुहुँदै देशको सन्तुलित विकासको निम्ति हरेक प्रदेश र जिल्ला सदरमुकामहरुमा वीर अस्पताल जस्तो सुविधा सम्पन्न अस्पतालहरुको बन्दोबस्त गर्नुपर्छ भन्नुभयो । उहाँले सरकारी अस्पतालले राम्रो सेवा प्रदान गरेको भए कोही पनि महंगो निजी अस्पतालमा जाने थिएन भन्नुभयो । 
प्रमुख अतिथि विजुक्छेंले जनताको चेतनास्तर वृद्धि नभएसम्म स्वास्थ्य सेवामा चुनौती रहने हु“दा स्वास्थ्यकर्मीहरुले सेवाग्राहीसँग नम्र व्यवहार गर्नुपर्ने तथा आप्mनो क्षेत्रमा सफलता पाउन अथक प्रयास गर्नुपर्ने बताउनुहुँदै विदेशी भाषाहरुको ज्ञान अभिवृद्धि गर्न सके आप्mनो पेशाका साथसाथै उच्च शिक्षा प्राप्त गर्नमा सहयोग हुने विचार व्यक्त गर्नुभयो र भन्नुभयो– “भौतिक परिवर्तन भन्दा सा“स्कृतिक परिवर्तन महत्वपूर्ण कुरा हो ।”
कार्यक्रमका सभापति एवं भनपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले नगरबासीहरुको लागि ख्वप अस्पतालमा सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा, अस्पतालमा अन्तरंग सेवा लगायत ८० रुपैंयामा विशेषज्ञ सहितको १० घण्टा ओपिडी सेवा, निःशुल्क अक्सीजन, नियमित भिडियो एक्सरे लगायत सेवा प्रदान गर्दै आएको र निकट भविष्यमा प्रसुति सेवा शुरु गर्ने लक्ष्यका साथ तयारी गरिरहेको जानकारी दिनुभयो । 
ख्वप अस्पताल सञ्चालनको शुरुवात देखिनै संघ र प्रदेश सरकारलाई सिटी स्क्यान र एमआरआई मेशीन जस्ता स्वास्थ्य उपकरणहरुको माग गर्दै आए पनि हालसम्म प्राप्त नभएको बताउनुहुँदै उहाँले नपा स्वयंयले आवश्यक उपकरणहरु थप गर्दै अगाडि बढ्ने जानकारी दिनुभयो । 
युवाहरु विदेशिने क्रम हरेक वर्ष बढ्दै जानु चिन्ताजनक रहेको बताउनुहुँदै हरेक वर्ष शिक्षाको लागि मात्र खर्बौ रुपैंया बाहिर गइरहेको बताउनहुँदै देशमै भएको स्रोत साधनलाई अधिकतम प्रयोग गरी स्वदेशमै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नु आजको आवश्यकता हो उहाँले भन्नुभयो । उहाँले दैनिक ७–८ सयको दरले यस आ.व.को ८ महिनाको अवधिमा ख्वप अस्पतालले देशभरीकै १ लाख ४२ हजारभन्दा बढी जनतालाई सुलभ स्वास्थ्य सेवा प्रदान गरिसकेको जानकारी दिनुहुँदै आर्थिक अवस्था कमजोर भई उपचार गराउन नसक्ने विरामीहरुको लागि लक्षित गरी छुट्टै कोषको व्यवस्था गरिएको जानकारी दिनुभयो । 
कार्यक्रमका अतिथि एवं भनपाका उपप्रमुख रजनी जोशीले नेपाल मजदुर किसान पार्टीको घोषणापत्रलाई आत्मसात गर्दै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, संस्कृति जगेर्ना र सम्पदा संरक्षण लगायत सरसफाईमा गरिरहेको कार्यको चर्चा गर्नुहु“दै बिस्का जात्रालाई विशिष्टिकृत जात्राको रुपमा सम्भ र सुसंस्कृत तरिकाले मनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाईरेक्टर डा. मजेश प्रताप मल्लले ख्वप अस्पतालले प्रदान गर्दै आएको सेवाबारे संक्षेपमा जानकारी दिनुभएको उक्त कार्यक्रममा ख्वप अस्पतालका डा. अमर प्रजापति, डा. रत्नसुन्दर लासिवा, स्टाफ नर्स रविना कवांले पनि बोल्नु भएको थियो । 

Comments