जुधेर होइन, जुटेर देखाऔं ः सुवाल


चैत २६, २०७९, आइतबार | विहान ०४:५९ बजे | 5


जुधेर होइन, जुटेर देखाऔं ः सुवाल

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुरको ऐतिहासिक विस्का जात्रालाई जुधेर होइन, जुटेर देखाइदिन सवैसँंग अनुरोध गरेका छन् । भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार विहान भएको सदभाव ¥यालीपछिको सदभाव सभामा उनले यस्तो आग्रह गरेका हुन् ।
सदभाव सभामा उनले ऐतिहासिक विस्का जात्रालाई सभ्य, भव्य, शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सवैसँंग विशेष अनुरोध गरे । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, गुठी संस्थान भक्तपुरकी प्रमुख खिमा ओलीलगायतका जिल्लाका सुरक्षा प्रमुखहरुले जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सवैसँग अनुरोध गरे ।
सभा अघि सदभाव ¥याली भएको थियो । भक्तपुरको पूर्व र पश्चिम दुईतिरबाट सदभाव ¥याली सुरु भएको थियो । पूर्वमा दतात्रयबाट र पश्चिममा दूधपाटीबाट विहान सात बजेबाट सदभाव ¥याली सुरु भएको थियो । दुवै जुलुश टौमढीमा पुगेर सदभाव सभामा परिणत भएको थियो । विस्का जात्रालाई सभ्य, भव्य र सौहार्दपूर्ण बनाउन आह्वान गर्दे कार्यक्रम भएको थियो ।

Comments