भक्तपुरका ३३ पोखरी परिक्रमा कार्यक्रम हुने


चैत २५, २०७९, शनिबार | विहान ०७:५० बजे | 105


भक्तपुरका ३३ पोखरी परिक्रमा कार्यक्रम हुने

भक्तपुर । भक्तपुरमा ३३ पोखरी परिक्रमा कार्यक्रम हुने भएको छ । नयाँंवर्ष २०८० को पहिलो दिन अर्थात् वैशाख १ गते कार्यक्रम हुन लागेको हो ।
पदयात्रा दिनभर हुने जनाइएको छ । पदयात्रा विहान साढे सात बजे महेश्वरी मन्दिर भक्तपुरमा भेला भई त्यहाबाट सुरु हुने जनाइएको छ । पदयात्रामा सहभागीहरुलाई चिया, सम्हे बजीलगायतको व्यवस्था रहेको जनाइएको छ । पोखरीहरुको महत्व बुझाउन पदयात्रा गरिन लागेको जनाइएको छ । कार्यक्रमको संयोजन भक्तपुर टुर्सले गरेको छ ।  

Comments