राजनीतिमा पदका निम्ति जे पनि गर्दा देशको अवस्था दयनीय


चैत २५, २०७९, शनिबार | विहान ०३:०९ बजे | 20


राजनीतिमा पदका निम्ति जे पनि गर्दा देशको अवस्था दयनीय

भक्तपुर, २५ चैत । नेपाल कराते महासंघ भक्तपुर जिल्ला कराते महासंघको आयोजनामा बधाई ज्ञापन तथा प्रमाणपत्र वितरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यता शुक्रबार मेन डोजो त्रिपुरासुन्दरीमा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख सुनिल प्रजापतिले नेपाल कराते महासंघमा उपाध्यक्षमा निर्वाचित हुन सफल भएका प्रकाशमोहन धौभडेललाई बधाई र सम्मान पत्रले सम्मानित गर्नुभयो भने कराते खेलमा बिद्यालयका प्रशिक्षक प्रशिक्षण तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख सुनिल प्रजापतिले पदको त्याग, तपस्या, परिश्रम र मेहनतबाट अहिले नेपाल कराते महासंघको उपाध्यक्षमा पुग्न सफल भएको बधाई दिँदै राजनीतिमा पदका निम्ति नैतिक र अनैतिक जे पनि गरेर पदमा पुग्ने गलत मानसिकताबाट अगाडि बढ्दा देशको स्थिति दयनीय अवस्थामा पुगेको बताउनुभयो । उहाँले पूर्वाधार विना खेलकुदको विकास नहुने भएकोले लिवाली, देकाचामा कर्वड हलको निर्माण र स्तरन्नोत्ति गरेको बताउँदै जसरी पोखरी विना कक्षा कोठामा सिकाएको आधारमा पौडी खेल्न नसिक्ने भएकोले खेल्ने ठाउँ बिना प्रतियोगितामा सफलता हासिल गर्न नसक्ने समेत बताउनुभयो । उहाँले प्रतियोगितामा जति बढी खेलाडीहरुको सहभागिता हुन्छ त्यस खेलको स्तर बढ्ने भएकोले भक्तपुर नगरपालिकाकाले विद्यालय स्तरिय खेलकुद प्रतियोगिता, अन्तरनगर प्रतियोगिताले विभिन्न ठाउँमा भएको प्रतियोगितामा भक्तपुरका खेलाडीहरुले स्तरिय खेल प्रदर्शन गरी पदक जित्न सफल भएको बताउनुभयो । उहाँले मेहनत र परिश्रम विना उपलब्धी चुन्न नसकने बताउँदै मेहनत, परिश्रम र त्यागको परिणामले उच्च पद हासिल प्राप्त हुने बताउनुभयो । उहाँले खेलकुदको विकास गरे अस्पताल र औषाधिमा खर्च कम हुने भएकोले टोल टोल र कलेजमा खुल्ला व्यायामशाला स्थापना गरेको बताउनुभयो । उहाँले युवा विद्यार्थीहरुले एक न एक खेलमा सहभागी गराउन नगरपालिकाले ६ वटा खेलको प्रशिक्षण संचालन र विद्यालयहरुमा विविन्न खेलको प्रशिक्षण दिएको बताउनुभयो । उहाँले देशको स्थिति बुझ्न युवा विद्यार्थीको स्थिति बुझ्नु पर्ने बताउँदै युवाहरु देशको भविष्य निर्धारण गर्ने बताउनुभयो । उहाँले युवा विद्यार्थीहरु शिक्षा र रोजगारीको लागि विदेशिनाले ६७ अर्व रुपैंयाँ शिक्षाको लागि विदेशिएको र काम गर्न सकेसम्म विदेशमा पसिना चुहाएर बृद्ध अवस्था फर्कने भएकोले आदर निकेटनमा ध्यान दिएको बताउनुभयो । उहाँले विदेशीहरुले देश विकास नगर्ने भएकोले स्वदेशमा नै बसेर विकास गर्नुपर्ने नत्र श्रीलंकाको स्थितिमा पुग्न सक्ने तर्फ ध्यानाकर्षण गर्नुभयो । उहाँले व्यापार घाटा ९ खर्ब र बैदेशिक ऋण २१ खर्ब पुगेको विदेशी दलालहरुका कारण भएको बताउँदै देश जोगाउन युवाहरु अग्रसर हुने पर्ने बताउनुभयो । उहाँले दुख नगरी सुख नपाउने भएकोले दास बन्नुभन्दा दुख गरेर शिर ठाडो गरी जीउनु पर्ने बतनउनुभयो । उहाँले गलत नेतृत्वका कारण देशले दुख पाई रहेको बताउँदै देश, जनता र समाजको निम्ति काम गर्नुपर्ने बताउँदै खेलाडीहरुबाट अुनशासन र नियम राजनीतिज्ञले सिक्नुपर्ने बताउनुभयो । उहाँले सभ्य र सुसंस्कृत समाजमा जनताले सुख पाउने बताउनुभयो । 
कार्यक्रममा अतिथि भनपा वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छेले विकास भनेको बाटोघाटो र भवन मात्रै नभई गीत संगित, नाचगान, खेलकुदको प्रवद्र्धन गर्नु विकास हो भन्नुभयो । उहाँले खेल आत्मरक्षाको लागि विकास भएकोले यसको सहि ठाउँमा उपयोग गर्नु पर्ने बताउँदै खेलको दुरुपयोग नगर्न अनुरोध गर्नुभयो । उहाँले भक्तपुर बासीहरु पद लोलुप नभएको इतिहासलाई कायम गर्न सफलताका साथ अगाडि बढेको बताउँदै खेलाडी खेलको लागि हो भन्नुभयो । उहाँले खेलको सीप समाजको लागि प्रयोग गर्नुपर्ने बताउनु भयो । 
कार्यक्रममा सम्मानित व्यक्तित्व नेपाल कराते माहासंघमा नवनिर्वाचित उपाध्यक्ष प्रकाश मोहन धौभडेलले भुमिगत रुपमा खेलको प्रशिक्षण दिई विकास गरेको खेल राजनीतिक खिचातानीले २ वटा संघले गर्दा योग्य खेलाडीले खेल खेल्न नपाउँदा विदेशमा नेपाली खेलाडीहरुको प्रदर्शनी अयोग्य भएकोले यसले देश र खेलाडीहरुलाई घाटा भएको बताउनुभयो । उहाँले स्वय्म सेवक भई स्वार्थ विना काम गरिरहेको बताउँदै खेलको नियम थाहा नपाई खेल जित्न नसक्ने बताउनुभयो । उहाँले ग्रसारुटबाट आउने खेलाडी राम्रो र गुणस्तरीय हुने र पारदर्शी र प्राविधिक रुपमा खेललाई अगाडि बढाउनुपर्ने बताउनुभयो । 
कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ्ग संघका अध्यक्ष रामकृष्ण प्रजापतिले खेलकुदमा जीवन अर्पण गरेका सम्मानित व्यक्तित्वहरुका कारण भक्तपुरमा खेलकुदको विकास भएको बताउँदै आधुनिक युगसंगै शारीरिक कसरत गर्नुपर्ने कार्य कम हुँदै जानुका साथै खानपान र वातावरण प्रदुषणका कारण विभिन्न सर्ने र नसर्ने रोगहरु देखा परेकोले वातावरणसंग अनुकुलन हुन खेलकुदलाई जीवनको अभिन्न अंग बनाउनु पर्ने बताउनुभयो । उहाँले उहाँले निरंकुश, एकतन्त्रीय जहाँनीया पञ्चायति व्यवस्थाले बन्देज गरेको खेलकुद प्रजातन्त्र आएसंगै खेलकुदलाई मौलिकहकको रुपमा राख्नुपर्ने बताउनुभयो । उहाँले खेलकुदबाट देशको नाम अन्तर्राष्ट्रिय जगतमा फैलाउन सक्ने बताउँदै खेल अुनशासन मित्रता र जगरुकताको लागि पनि हो भन्नुभयो । 
कार्यक्रम अन्तर्राष्ट्रिय खेलाडी, रेफ्रि एवम् प्रशिक्षक रामशरण त्वतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा सूर्य लामाले पनि बोल्नुभएको थियो । उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय रेफ्री एवम् नेपाल कराते माहासंघ रेफ्री काउन्सिलका अध्यक्ष राजेन्द्र कपाली, भक्तपुर किक बक्सिङ संघका राजन चित्रकार, करातेका बरिष्ठ प्रशिक्षक रोशन प्रजापति, राधिका देउला, जिल्ला खेलकुद विकास समिति दिपेन्द्र व्याञ्जुको पनि उपस्थिति रहेको थियो । 

Comments