नेपालमा वार्षिक दुई हजार भन्दा वढी बनमा आगलागी


चैत २४, २०७९, शुक्रबार | दिउँसो १२:११ बजे | 50


नेपालमा वार्षिक दुई हजार भन्दा वढी बनमा आगलागी

काठमाडौं । नेपालमा वार्षिक दुई हजार भन्दा वढी बनमा आगलागी हुने गरेको तथ्यांक रहेको छ । २०२१ मा नेपालको ७७ जिल्लामध्ये ७३ वटा जंगलमा आगलागी भएको रिपोर्ट सार्वजनिक छ । 
नेपालमा २०२० देखि २०२१ एक वर्षमा देशभर दुई हजार ८७ भन्दा वढी वनमा आगलागी भएको नेपाली वन फायर व्यवस्थापनले रिपोर्ट गरेको छ । फागुन २५, २०२१ सम्म देशभरि कम्तीमा पनि पाँंच सय २४ सक्रिय आगोहरू जलिरहेको तथ्यांक छ । धुलो, धुवाँ र खरानीको संयोजन हावामा आगोहरु जलिरहेको बताइन्छ । आगलागीका कारण देशको वायुको गुणस्तर खस्किएको अवस्था छ । 
मानव कारक तथा प्राकृतिक कारक गरी वन डढेलोका कारकहरूलाई दुई मुख्य कारकमा भाग गरिन्छ । तथ्याङ्क अनुसार जङ्गलमा लागेको आगोको करिब ९९ प्रतिशत मानव कारकबाट हुने गरेको छ भने १ प्रतिशत प्राकृतिक कारकबाट हुने गरेको छ ।ः
नेपालको सुक्खा मौसम, जुन शरद ऋतुको अन्त्यदेखि गर्मीको शुरुमा चल्छ, सामान्यतया फागुन र चैतमा सबैभन्दा ठूलो आगलागी हुने  गरेको तथ्यांक छ । सबैभन्दा ठूलोले ६०० हेक्टर भन्दा बढी वन नष्ट गरेको तथ्यांक छ । 
वन विज्ञ (एमएसी इन फरेष्ट) सलिना कडाल फागुन चैतको महिनामा नेपालमा विशेष गरेर बनमा डढेलो लाग्ने गरेको सुनाउँंछिन् । त्यसकारण यो महिनामा वन डढेलो लाग्न नदिन विशेष चनाखो हुनुपर्ने बताउँंछिन् । वन डढेलोको ९९ प्रतिशत कारक मानव नै भएकोल यो मौसममा चुरोट खाएर थुता जंगलमा यतिकै फाल्न नहुनेलगायतमा विशेष निगरानी राख्नुपर्ने उनी सुनाउँंछिन् । फागुन चैतको महिना सुख्खा महिना भइ बन जंगल हरियाली नभई सुख्खा रहनु र यही महिनामा वढी हावाहुरी चल्ने गर्दा वढी आगलागी हुने गरेको कडाल सुनाउँंछिन् । 
जंगली डढेलो वा वन डढेलो भन्नाले ग्रामीण क्षेत्र र शहरी क्षेत्रहरूमा शुरू हुने ज्वलनशील वनस्पतिको क्षेत्रमा अनियोजित, अवांछित, अनियन्त्रित आगो हो । पृथ्वीको कार्बनयुक्त वनस्पति, सुख्खा मौसम, वायुमण्डलीय अक्सिजन, र व्यापक बिजुली र ज्वालामुखी प्रज्वलनले आगोको लागि राम्रो अवस्था सिर्जना गर्दछ । उपलब्ध इन्धन, भौतिक अवस्था र मौसम जस्ता कारकहरूको संयोजनबाट वन डढेलोको व्यवहार र गम्भीरता परिणामको मुल्याकंन हुने गर्दछ । वन डढेलो सबैभन्दा खराब र सबैभन्दा खतरनाक प्राकृतिक प्रकोपमध्ये एक हो । यसले आफ्नो  मार्गका सबै चिजहरू नष्ट गर्छ । वनजंगल मात्रै नभई जंगलमा रहेका चराचुरंगी, जनावर सवै सवै यसले नष्ट गर्दछ । 
डिभिजन वन कार्यालय सानोथिमि भक्तपुरका प्रमुख   सापकोटा फागुन चैतको यो महिनामा डढेलोबाट आफू र अरुर्लाइ पनि बचाउनुपर्नेमा सचेत हुनुपर्ने बताउँंछन् । यसका लागि जंगलमा सलाई वा लाइटर प्रयोग गर्न नहुने, सलाई, लाइटरजस्ता प्रज्ज्वलनशिल वस्तु वालवालिकाले भेटेन् ठाउँंमा नराख्ने काम हुनुपर्ने बताउँंछन् । हाम्रो सानो असावधानीले जंगल मात्रै होइन, आसपासका वस्ती नै उजाड हुनसक्ने भएकोले यी महिनामा सवैजना गम्भीर हुनुपर्ने उनी सुनाउँंछन् । जन, धन र वनको सुरक्षामा विशेष ध्यान दिनुपर्ने महत्व उनी दर्शाउँंछन् । 
प्रत्येक वर्ष विश्वमा ६० देखि ८० हजार वटा जङ्गलमा आगलागी हुने तथ्यांक छ । यसले ३ देखि १० मिलियन हेक्टरको बन विनाश गर्दछ । जङ्गलमा लागेको आगोकै कारण प्रभावित क्षेत्रको इको सिस्टममा आमूल परिवर्तन हने र यसले अन्ततः अप्रत्याशित परिणामहरू निम्त्याउने विज्ञ बताउँंछन् । संसारको इतिहासमा अष्ट्रेलियाको ठूलो जंगलमा सन् २००७ मा लागेको आगोले ८४ जनाको ज्यान गएको थियो । 
 

Comments