गःपली गणेश मन्दिरदेखि दोकाफल्चासम्मको बाटो मर्मतको लागि उपभोक्ता समिति गठन


चैत २३, २०७९, बिहीबार | विहान ०५:३४ बजे | 60


गःपली गणेश मन्दिरदेखि दोकाफल्चासम्मको बाटो मर्मतको लागि उपभोक्ता समिति गठन

भक्तपुर, २३ चैत । गःपली टोल सुधार समितिको आयोजना गःपली गणेश मन्दिरदेखि दोकाफल्चासम्मको बाटो मर्मतको लागि उपभोक्ता समिति गठन गर्न भेला कार्यक्रम भक्तपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष उपेन्द्र सुवालको प्रमुख आतिथ्यतामा सूर्यविनायक पार्टी भेन्यूमा बुधबार सम्पन्नभयो । 
प्रमुख अतिथि वडाध्यक्ष उपेन्द्र सुवालले उपभोक्ता समिति मार्फत गरेको कार्य गुणस्तरी, बलियो, सस्तो हुने बताउँदै राजमार्ग नजिकै रहेको बाटोमा गाडी आउने भएकोले बलियो बनाउनु पर्ने बताउनुभयो । उहाँले उपभोक्ता समिति मार्फत कार्य गरे श्रमदान र आर्थिक सहयोग समेत हुने भएकोले कम्तिमा ते¥ह प्रतिशत राखेर काम गर्दा राम्रो हुन्छ भन्नुभयो । उहाँले महिलाहरुलाई चुल्हाचौकामा सिमित नराखी बाह्य गतिविधिको लागि नगरपालिकाले महिला केन्द्रीत कार्यक्रमहरु गरिरहेको र माहिलाहरुको निम्ति पाश्मियरको स्वास्थ्य शिविर वडाकार्यालयबाट संचालय गरेको बताउनुभयो । उहाँले स्थानीय उत्पादन मेला, प्रगतिशील भजन प्रतियोगिता, शैक्षिक ऋण लगायत नगरबासीहरुको हितमा काम गरिरहेको बताउँदै युवाविद्यार्थीहरु विदेशिने कार्य नरोके देशमा उत्पादन धारासाही हुने र जेष्ठहरुमात्र बाकि हुँदा दाहसंस्कार समेत गर्न नफर्किने गरेको तर्फ सचेत भई स्वरोजगारको लागि नगरपालिकाले काम गरिरहेको बताउनुभयो । उहाँले इतिहास भुलोग र जनीति शास्त्र पढ्ने विद्याथीहरुलाई निःशुल्क छात्राबृति भक्तपुर नगरपालिकाले प्रदान गरेको बताउनुभयो ।
कार्यक्रम गःपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा उहाँले बाटो मर्मतको लागि नगरपालिकाबाट २० लाख बजेट विनियोजन भएकोमा इष्टिमेट २३ लाख आएकोले टोलबासीहरुले केही श्रमदान र आर्थिक सहयोग राख्नु पर्ने देखिएको बताउँदै यसरी सहयोग गरे अपनत्व भई त्यसप्रति लगाब बढ्ने बताउनु भयो । कार्यक्रममा कोषाध्यक्ष रबिन छुस्याकी, श्रीराम सुवाल, सूर्यमान मानन्धर, मदन सुवाल, योगेन्द्र न्हुन्छे लगायतले स्थानीयको विकासको लागि स्थानीयहरु नै लाग्नु पर्ने, बाटो मर्मत बारे आ–आफ्ना धारणा राख्नु भएको थियो भने रबिन छुस्याकीको संयोजकत्वमा उपभोक्ता समिति र वडाध्यक्ष उपेन्द्र सुवालको संयोजकत्वमा अनुगमन समिति गठन गरेको थियो । 

Comments