विस्काको भैलख निर्माण अन्तिम चरणमा


चैत २३, २०७९, बिहीबार | विहान ०३:४३ बजे | 5


विस्काको भैलख निर्माण अन्तिम चरणमा

भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक जात्रा बिस्का जात्राको लागि भैरवनाथको रथ निर्माण कार्य भइरहेको छ।

बिस्का जात्रा भक्तपुरमा ८ रात ९ दिनसम्म मनाइन्छ। जात्राको लागि तान्त्रिक विधिअनुसार काठैकाठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले भैरवनाथको रथ निर्माणमा अहिले स्थानीय जुटेका छन्।

लिच्छवीकालदेखि सुरु भएको बिस्का जात्रा नयाँ वर्षको चार दिनअगाडि भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । यसपालि बिस्का जात्रा चैत्र २७ गतेदेखि सुरु हुनेछ।

Comments

ताजा खबर