डा० इन्दुलकाे 'शब्दसागरका माेती' टिप्न पस्ता


चैत २२, २०७९, बुधबार | विहान ०४:४९ बजे | 35


डा० इन्दुलकाे 'शब्दसागरका माेती' टिप्न पस्ता

                                                                                                         पदम दाहाल

                                                                                                     समालाेचक डा० इन्दुल केसीद्वारा समीक्षासङ्ग्रहका रूपमा प्रकाशित 'शब्दसागरका माेती' नामक ९० पृष्ठमा लेखिएकाे कृतिकाे प्रकाशक अनुशीलन नेपाल रहेकाे छ।कृतिकाे सुरुमा उनकी धर्मपत्नी र छाेरी दुईजनाकाेसंयुक्त शुभेच्छा रहेकाे छ। उक्त कृतिउपर प्रा० डा० कृष्णप्रसाद दाहालद्वारा अाफ्नाे गहन समालाेचकीय भूमिका लेखिएकाे छ । उनी लेख्छन्,'शब्दसागरका माेती स्वयम्मा विषयगत विविधताकाे माैजीमसला हाे।' अर्काे एक ठाउँमा डा० दाहाल भन्छन्,

'माेतीराम भट्टले नेपाली साहित्यकाे इतिहासमा अाफूलाई मात्रै नचिनाएर अाफूभन्दा पूर्ववर्ती र समवर्ती साहित्यकारहरूलाई चिनाउने काम गरेजस्तै डा०इन्दुलले पनि अरूलाई चिनाएर साहित्यिक सन्तुष्टि लिने काम गरेका छन्।याे कृतिकाे मूल प्राप्ति भन्नु यही नै हाे।'यसाे भनिरहँदा

के अवगत हुन्छ भने ८२ वर्षीय डा० इन्दुलले उक्त पुस्तकभित्र २२ जना लेखकका विविध विधा र विषय क्षेत्रका कृतिउपर सङ्क्षिप्त रूपमा समीक्षात्मक विश्लेषण गर्न पुगेकाछन्।२२ माेतीका दानालाई एउटै मालामा उनेका छन्।

अनेकन विविधता र विशेषता बाेकेकाे मालाकाे हार बनेकाे छ

याे चीज ।यसमा विधागत विविधतालगायत विभिन्न समावेशिता पाइन्छ जसलाई यसरी प्रकाश पार्ने प्रयत्न गरिएकाे छ:

१)धर्म र दर्शनमा अाधारित भै शब्दसागरकाे गहिराइमा पसी माेती बटुल्न गरिएकाे विश्लेषण हाे याे।

२)अाध्यात्मिक जगत्का हाेनहार लेखकका एक से एक

ग्रन्थमाथि पसेर त्यसभित्रबाट मन्थन गरी निकालिएकाे

नाैनीकाे मिठास छ यसभित्र ।

३)अाेतबहादुर खड्काकाे 'वेद के भन्छ?,' 'ईशावास्याेपनिषद्',टीकाराम अर्यालकाे 'जीवन दर्शन',

शताब्दी पुरुष सत्यमाेहन जाेशीकाे 'महर्षि याज्ञवल्क्य'(नाटक)

देखि लिएर राहुल सांकृत्यायनकाे 'दर्शन- दिग्दर्शन'भित्र समेत

डुबुल्की मारेर निकालिएकाे अमृतपान हाे याे।

४) २२मध्ये नाैवटा कृति धर्म र दर्शनसँग सम्बध्द हुनाले 

विश्लेषक इन्दुलजी अधिकाधिक रूपमा धर्म र दर्शनभित्र पाैडिएर अाध्यात्मिक रसास्वादन गर्न अभिरुचि राख्ने व्यक्ति हुन् भन्न अन्कनाइरहनु पर्दैन।अरूलाई धर्म र दर्शनकाे

स्वाद चखाउने चाहना छ उनमा ।

५)साहित्य क्षेत्रका अाख्यान विधा अन्तर्गत चल्दाबल्दा 

अहिलेका उपन्यासकार प्रजापति तिमिल्सिनाकाे 'कालाे पहाड'देखि लिएर याैनफ्रायडेली कथाकार परशु प्रधान र 

नेपाल भाषाका कथाकारहरू पशुपतिमान प:मा र तेजकृष्ण ताम्राकार जस्ताका कथा विधामाथि विश्लेषण गर्न सहजै 

भ्याएकाछन् उनले।

६)कविता विधामाथि विवेचना गर्ने क्रममा मुक्तककार विष्णु

अाेलीजीकाे 'मेरी परी'भित्रका मुक्तकदेखि लिएर कवि पदम

दाहालकाे छन्द कविताहरूकाे सँगालाे 'अाँसुकाे दह'भित्रका

अाठवटा बेग्लाबेग्लै छन्दका कविताभित्र डुबेर दृष्टिपात गर्न भ्याएकाे देखिन्छ।

७)निबन्ध विधाअन्तर्गत् वासुदेव ढकालकाे'उत्तरी ध्रुव प्रदेशकाे यात्रा साथै लेखन्तेकाे जीवनयात्रा'भित्र पसी नियात्रा

वर्णनलाई पनि खाेतलखातल पार्न कम्मर कसेका छन् भने

चूडाप्रसाद चाैलागाईंकाे 'विषय र विवेचना',निर्मला श्रेष्ठकाे

'अाफू अरूका लागि',प्रकाशप्रसाद उपाध्यायकाे 'छेउ न टुप्पाे'सम्मका निबन्धउपर गहिरिएर तिनकाे रसास्वादन गरी

पाठक समक्ष प्रसाद बाँडचुँड गर्न पनि सफल छन्।

८)सहलेखनकाे 'सङ्गीत मन्थनाञ्जली'काे गुदी निकालेर

सङ्गीतकाे सिप चाख्न चाहनेहरूका लागि पनि विश्लेषणात्मक खुराक बाँड्न चाहेका छन्।उता साधुराम गिरीकाे 'मान्छे, प्रकृति र भेगन'बिराैलासङ्ग्रह अध्ययन गरी 

भेगनहारी हुनका लागि प्राेत्साहन गर्न उत्तिकै अातुर छन् ।

९)इतिहासकार जीवनाथ अधिकारीकाे ' प्राचीन विश्व इतिहासकाे सङ्क्षिप्त चर्चा' पुस्तकभित्र पसी विश्वकाे

ऐतिहासिक घटनाक्रम चखाउन पनि इन्दुलजी  लालायित

छन्।

१०)नेपाल भाषामा लेखक प्रेमकृष्ण ताम्राकारद्वारा लिखित

'मतिनाया स:'काे भने उनले नेपाली भाषामा विवेचना नगरी 

नेपाल भाषालाई नै पछ्याएका छन्।तर,नेपाल भाषा नबुझ्नेका लागि चाहिं उक्त विश्लेषण थाेतेलाई ठेट्ना मकैकाे

खाजा हुनजाला कि भन्ने लागेकाे छ।

   २२ कृतिमाथिकाे अध्ययनविश्लेषण पश्चात् अन्त्यतिर पहिल्याउँदा रचनाकारकै 'शब्दचित्रमा म' भन्ने कविता,इन्दुलकै जीवनी,उनैकाे पछिल्लाे रचना ',सगुन भजन'सहित लेखक र

सङ्गीतकार सत्यनारायण मानन्धरकाे फाेटाे पाइन्छ।भजनले

मर्यादापुरुष रामचन्द्रका अादर्श पालना गराैँ,अवतारी कृष्ण भगवान्काे गीताज्ञान अार्जन गराैँ,महामानव बुध्दकाे शान्तिमार्गमा लागाैँ र समाजसेवामा संलग्न हाेअाैँ भन्ने

सन्देशमूलक विचार प्रवाह गर्दछ।

पुस्तककाे अघिल्लाे अावरणमा बाईस माेतीका गाेटी उनिएर २२ जना सर्जक

एउटै मालामा उनिएकाे प्रतीकात्मक चित्र झल्किन्छ।

पछिल्लाे अावरण पृष्ठमा समालाेचकीय भूमिकाकार प्रा०

डा०कृष्णप्रसाद दाहालकाे इन्दुलप्रतिकाे दृष्टिकाेणसहित

सन्तभेष र पहिरनमा रहेका समीक्षक इन्दुलकाे महात्माझैं

लाग्ने शालीन तस्बिर उभिएकाेअवस्थामा छ।

समग्रमा इन्दुलकाे याे पुस्तक 'शब्दसागरका माेती' विविधताकाे कसीमा गुजुल्टिएकाे एक समीक्षात्मक सँगालाे हाे। जीवनकाे यस उत्तरार्ध्दमा उनी जसरी कस्सिएर साहित्य साधनामा र समालाेचनात्मक रचना जन्माउनमा लागेका छन्,

त्यसमाथि पटक्कै मन्दी नअाइदेअाेस्,जाँगर र खटाइ उत्तिकै अघि बढिरहाेस्। यस्ता २।४ कृति अझै पनि 'मित्र

पदम दाहालज्यूमा सप्रेम उपहार!'भनेर पाइरहनसकूँ

हार्दिक शुभकामना छ लेखकलाई!

Comments