उपनिर्वाचनमा तीनवटै निर्वाचन क्षेत्रमा विजयी हासिल गर्ने दाबी
चैत २१, २०७९, मङ्गलबार | विहान १०:५७ बजे | 35
भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधिसभाको उपनिर्वाचनमा आफ्नो दलले तीनवटै निर्वाचन क्षेत्रमा विजयी हासिल गर्ने दाबी गरेका छन् ।
रफत सञ्चार क्लबमा मंगलबार सञ्चारकर्मीहरूसँग
कुराकानी गर्दै सांसद परियारले विगतको आमनिर्वाचनमा झैं चितवन, तनहुँ र बारा जिल्लाका मतदाताले रास्वपाका उम्मेदवाररूलाई अत्यधिक मतले विजयी
गराउने विश्वास व्यक्त गरे ।
उनले भने, रास्वपाले गत
आमनिर्वाचनमा जनतासमक्ष वाचा गरेका कुराहरूलाई नबिर्सेको र रास्वपा आफ्नो
पूर्ववर्ती अडान र अजेन्डामा अडिग रहेकाले नेपाली जनताले स्वाभाविक रूपमा माया र
स्नेह गर्ने आशा गरेका छा ।
सांसद परियारले चितवन, तनहुँ र बारामा रास्वपाका तर्फबाट प्रत्याशी भएका सबै उम्मेदवार सक्षम र सबल
रहेको चर्चा गर्दै उनीहरूलाई जनताले आफ्नो सेवकको रूपमा चुन्ने अटल विश्वास व्यक्त
गरे ।
उनले रास्वपा मुलुकको समग्र विकास र जनताको हित
विपरीत कहिल्यै विचलित नहुनेमा जोड दिए ।
उनले दशकौंदेखि शासन गरेका पार्टीहरूले मात्रै
मुलुकमा विकास गर्न सक्छ भन्ने भ्रम रहेकोमा त्यो पूर्ण सत्य होइन हैं भन्ने
मंसिरको निर्वाचनको परिणामले देखाएको उल्लेख गरे ।
सांसद परियारले रास्वपाले मुलुकमा राजनीतिक अस्थिरता
र आर्थिक द्रावस्था नआवस भन्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको
मत दिएर नेपाली जनताको भावनाअनुसार नै काम गरेको ठोकुवासमेत गरे ।