महिलालाई स्वावलम्बन बनाउन गान्धी तुलसी स्मारक महागुठीमा महिला छात्रावास


चैत २०, २०७९, सोमबार | दिउँसो ०१:३७ बजे | 25


महिलालाई स्वावलम्बन बनाउन गान्धी तुलसी स्मारक महागुठीमा महिला छात्रावास

काठमाडौँ भारतीय राजदूतावासका प्रथम: सचिव करुण बन्सलले नेपाल भारतको साझेदारीमा सञ्चालित महिला छात्रावास भवन महिलालाई स्वावलम्बन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो  

कागेश्वरी  मनोहरा  नगरपालिका  काँडाघारी  स्थित  नेपाल  चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीको महिला छात्रावास भवनको उद्घाटन गर्दै उहाँले महिलालाई स्वावलम्बन बनाउन छात्रावासले ठुलो योगदान दिने बताउनुभएको हो  

 भारतीय राजदूतावासका प्रथम सचिव करुण बन्सल, जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकी, कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्की नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीका अध्यक्ष उदय मोहन श्रेष्ठद्वारा उक्त भवनको संयुक्तरुपमा उद्घाटन गरिएको हो  

भारत  सरकारको  दुई  करोड ७२ लाख ६४ हजार आर्थिक सहयोग साबिक जिल्ला विकास समितिको व्यवस्थापनमा निर्माण भएको उक्त भवनको  संयुक्तरुपमा उद्घाटन गरिएको हो   

जिल्ला समन्वय समिति  काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले गान्धीको सिद्धान्त अनुसार सत्य अहिंसा स्वावलम्बीको मूल उद्देश्यलाई आत्मसाथ गर्दै संस्था स्थापना गरिएको बताउनुभयो उहाँले जिससको व्यवस्थापनमा भवन निर्माण भएको भन्दै संस्थाले अहिले पनि उदाहरणीय कार्य गरेको स्मरण गर्नुभयो आगामी दिन विपन्न समुदायका महिला स्वावलम्बी भई आत्मनिर्भर बनाउन संस्थाले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा  गर्दै त्यसका लागि जिल्ला समन्वय समिति आवश्यक समन्वय सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो  

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले  विपन्न समुदायका महिलालाई सिपयुक्त बनाउन  महत्त्वपूर्ण  भूमिका  निर्वाह  गरेको  महिला छात्रावासमा पहिला सञ्चालनमा आएको चर्खा पुनः सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो उहाँले त्यसका लागि नगरपालिका सबै सहयोग गर्न तयार रहेको भन्दै  नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीको गुरुयोजना बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो  

कार्यक्रममा  महागुठीका  पूर्व  अध्यक्ष  भद्राकुमारी  घले    अध्यक्ष उदय मोहन श्रेष्ठले संस्थालाई प्रभावकारीरुपमा सञ्चालन गर्न सबैको साथ सहयोगको अपेक्षा गर्नुभयो  

गान्धीका विचारलाई आत्मसाथ गर्दै सञ्चालन भएको महिला छात्रावासमा अहिले पनि विभिन्न क्षेत्रका महिलालाई सिप सिकाएर स्वावलम्बन गराउने कार्य गरिँदै आएको कुल ५५ रोपनी क्षेत्रमा फैलिएको उक्त छात्रावास भवनको क्षेत्रमा व्यावसायिक कृषि उत्पादन, पुराना नेपाली कपडा निर्माण हुँदै आएको  

नेपालको पहिलो सामाजिक परोपकारी संस्था १९८३ मा श्री चन्द्र कामधेनु चर्खा प्रचारक महागुठीको  नाममा स्थापना भई २०२९ सालमा  नेपाल  चर्खा  प्रचारक  गान्धी  स्मारक  महागुठी को  नाममा  जिल्ला प्रशासन  कार्यालय काठमाडौँमा दर्ता भएको थियो अहिले  नेपाल  चर्खा  प्रचारक  गान्धी तुलसी स्मारक महागुठीको नाममा संस्था निरन्तर क्रियाशील रहँदै आएको  

महिला छात्रावासमा विक्रम संवत् २०१६ सालमा तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु

२०२१ सालमा भारतीय राष्ट्रपति डा. राधाकृष्ण, २०२३ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी   २०२६ मा भारतीय अर्का राष्ट्रपति डा. जाकिर हुसेन  लगायतका  भारतीय  विशिष्ट  व्यक्तिहरूको आगमन भएको कार्यक्रममा जनाइएको तुलसी स्मारक महागुठीको स्थापना समाजसेवी तुलसी मेयर श्रेष्ठले गर्नुभएको थियो

 

Comments