आफ्नो बन डढेलो लाग्नबाट बचाउ
चैत २०, २०७९, सोमबार | विहान ०३:५६ बजे | 45
सिन्धुको सान हरित बाताबरण कायम राख्ने हरित स्वयंसेवकको महाअभियान भन्ने मुल नारा सहित डिभिजन बन कार्यलय सिन्धुपाल्चोकबाट परिचालित हरित स्वयमसेबक जुन स्थानमा अग्नि बिपत त्य हरित स्वयंसेवक नियन्त्रण गर्न पुगिरहेको छ । बन बिकास र अग्नि नियन्त्रण गर्न बन फिल्ड अभ्यस् तालीम बन समुहहरुलाई गराउदै आफ्नु बन जोगाउन तालिम गर्दै आइरहेको छ । सकृय रुपमा सिन्धुपाल्चोक जिल्लामा अग्नि बिपत जोखिम निउनिकरण गर्न हरियो बन कायम राख्न बनस्पति जडिबुटी र बन्यजन्तुको संरक्षण गर्न हरित अक्क्सिजन उत्सर्ग हुन नदिन अहोरात्र २४ घन्टा फिल्डमा अग्नि नियन्त्रण गर्न जिउ ज्यानको प्रवाह नगरी भिर पाखा नभनी सिन्धुपाल्चोक जिल्लाभित्र अग्नि नियन्त्रण गर्न खटी रहेको छ । हाम्रो यो मिसनमा सुरक्षा निकाय स्थानिय सरकार समुदाय बन अभियानकर्मी सन्चारकर्मी पत्रकार बुद्दिजिबी सबैको तर्फबाट साथ सहयोग हौसलाका साथ बन डढेलो नियन्त्रण गर्न सहज भएको छ । अब हामी सबै मिलेर डढेलो लाग्नै नदिने प्रयस गरौ । सम्पुर्ण सामुदायिक बन समुह बन अभियानकर्मीहरुमा अपिल गर्दछौ । आफ्नो बन डढेलो लाग्नबाट बचाउ