जापानको टोकियोमा नेपाली चलचित्र तथा बहुभाषिक म्युजिक भिडियो एवार्ड २०२३ हुने


चैत १९, २०७९, आइतबार | दिउँसो १२:०० बजे | 25


जापानको टोकियोमा नेपाली चलचित्र तथा बहुभाषिक म्युजिक भिडियो एवार्ड २०२३ हुने

काठमाडौं । जापानको राजधानी टोकियोमा नेपाली चलचित्र तथा बहुभाषिक म्युजिक भिडियो एवार्ड २०२३ हुने भएको छ । काठमाडौंको धुम्बराहीमा रहेको स्मार्ट दरवार होटलमा आइतबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो । कार्यक्रमको सभापति केटीएम अनलाइन टिभीका सन्चालक तथा नायक, निर्माता, निर्देशक बिशाल बिष्टले गरेका थिए । प्रमुख अतिथि नायक कृष्ण मल्ल थिए । त्यस्तै अतिथिमा नायक धिरेन शाक्य, नायक रमेश उप्रेती , चलचित्र बिकास बोर्डका पूर्व सदस्य राजन केसी साहित्यकार रिसब घिमिरे, नायक तथा चलचित्र कलाकर सघको नवनिर्वाचित महाचिव सबिन श्रेष्ठलगायत बिभिन्न कलाकार तथा नायक नायिकाको उपस्थिति थियो । नेपालि चलचित्र तथा बहुभाषिक म्युजिक भिडियोको प्रबर्धन गर्ने उदेश्यलेका साथै नेपाली तथा जापानी लोक सस्कृति सम्बन्धि सास्कृतिक कार्यक्रमसमेत हुने साहित्यकार रिसब घिमिरेले कार्यक्रममा बताउनुभयो ।

Comments