भक्तपुरको सल्लाघारीमा मासु पसल अनुगमन
चैत १५, २०७९, बुधबार | विहान ०४:५५ बजे | 45
भक्तपुर, १५ चैत । भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्रीको नेतृत्वमा भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा ९ वटा मासु पसलहरु अनुगमन गरियो । अनुगमनमा अधिकांश मासु पसलहरु दर्ता नभएको र विग्रेको फ्रिजमा राखेको मासु समेत विग्रिएकोले ११ किलो सात सय ग्राम जफत गरी नष्ट गरेको बताउनु भयो ।
अनुगमनमा महमद समीर मिट शपमा पसल तीन दिन भित्र दर्ता गर्न, मुल्य सुचि राख्न, सेतो एप्रोन प्रयोग गर्न निर्देशन दियो । च्वङ्गा गणेश मिट हाउस, न्यु दि मनकामना मिट हाउस र बाराही मासु पसललाई पसल नविकरण गर्न सरसफाइमा ध्यान दिन र एप्रोन सेतो प्रयोग गर्न निर्देशन दियो ।
त्यस्तै रामकृष्ण शाहीको मासु पसल तीन दिन भित्र दर्ता गर्न, एप्रोन सेतो प्रयोग गर्न, फ्रिज विग्रिएको हुनाले दुर्गन्धित भएकोले मर्मत गर्न, तराजु डिजिटल प्रयोग गर्न र नापतौल विभागमा नविकरण गर्न, मुल्य सुचि राख्न, साइनबोर्ड राख्न निर्देशन दिई विग्रेको मासु २ किलो ७ सय ग्राम जफत गरी नष्ट गरियो । पासा मिट सपमा दर्ता प्रमाणपत्र पसलमा नभएकोले दर्ता नभए दर्ता गरी दर्ता प्रमाण पत्र लिई तीन दिन भित्र कार्यालयमा उपस्थित हुन, मुल्य सुचि राख्न, विग्रेका फ्रिज हटाउन वा मर्मत गर्न, एप्रोन सेतो प्रयोग गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो । उदयपुर फ्रेस मिट सपमा पसल नविकरण गर्न, मुल्य सुचि राख्न, विग्रेको फ्रिज मर्मत गरी प्रयोग गर्न वा मर्मत नहुने भए प्रयोग नगर्न र विग्रेको मासु ९ केजि जफत गरी नष्ट गरियो भने तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
उदपुरे मासु पसल दर्ता प्रमाणपत्र नभएकोले दर्ता नभए दर्ता गरी प्रमाणपत्र लिई एक हप्ता भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिई फ्रिज सफा र व्यवस्थित गर्न, मुल्य सुचि राख्न, तराजु नापतौल विभागमा नविकरण गर्न र एप्रोन सेतो प्रयोग गर्न निर्देशन दियो । सिनर्जी मिट मार्ट प्रा.लि. र बद्री प्रसाद भुसालको मासु पसललाई तीन दिन भित्र दर्ता गर्न, मुल्य सुचि राख्न, तराजु नापतौल विभागमा नविकरण गर्न, एप्रोन सेतो प्रयोग गर्न निर्देशन दियो ।
अनुगमनमा समितिका सदस्य ज्ञान बहादुर मानन्धर सदस्य सचिव एवम् भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका न्हुज किजु, पशु सेवा कार्यालयका पार्वती योञ्जन, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक बाबुराम लामा, उद्योग बाणिज्य संघ भक्तपुरका विश्वराम दुवाल, भक्तपुर घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद बाटी र जिल्ला प्रशासन कार्याल भक्तपुरको सहभागी थियो ।