सिद्धि गणेश साकोसद्धारा एक सय १५ जना जेष्ठ नागरिकहरुलाई सम्मान
चैत १३, २०७९, सोमबार | विहान ११:०६ बजे | 25
भक्तपुर । सिद्धि गणेश वचत तथा श्रृण सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरले सोमबार एक कार्यक्रम गरी संस्थामा सदस्य रहेका एक सय १५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । संस्थाकोतर्फबाट नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले सदस्य जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुभएको हो । जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको हो । संस्थाले प्रत्येक वर्ष संस्थामा आवद्ध ७० वर्ष नाघेका बृद्धबृद्धाहरुलाई वर्षमा एकपटक यसरी नै सम्मान गर्दै आएको जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि विजुक्छेंले बृद्धबृद्धाहरुको उचित स्याहारसुसारका लागि आदर निकेटनको आवश्यकताबारे चर्चा गर्नुभयो । अहिले परिवारका सदस्यहरु सवैजना व्यस्त रहने भएकाले परिवारका जेष्ठ नागरिकहरुलाई उचित स्याहारसुहार गर्ने समस्या भएको उहाँंले बताउनुभयो । त्यसकारण त्यस्त जेष्ठ नागरिकहरुको उचित स्याहारसुसारका लागि आदर निकेतन सञ्चालन गर्नुपर्नेमा उहाँंले जोड दिनुभयो ।
जेष्ठ नागरिकहरुलाई आफनो स्वास्थ्यप्रति गम्भीर हुन सचेत गराउनुहुँंदै उहाँंले चिकित्कसको निगरानीमा रहेर चिकित्सककै सल्लाह अनुसार अगाडि वढन सल्लाह दिनुभयो । चिकित्सकले औषधि खानुपर्छ भनेमा औषधि खान नहिच्किचाउनु होला, सुझाउनुभयो । उहाँंले आआफनो स्वास्थ्यप्रति सम्वेदनशिल भई औषधि उपचार गर्न पछि नपर्न सुझाब दिनुभयो । रोग लागिसकेपछि तुरुन्त अस्पताल वा स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन हुन उहाँंले सवैलाई सुझाब दिनुभयो ।
कार्यक्रममा ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरका संयोजक डा रत्नसुन्दर लासिवाले सहभागी जेष्ठ नागरिकहरुलाई स्वास्थ्य हेरविचारका विभिन्न पक्षहरुबारे जानकारी गराउनुभयो । उहाँंले समयमै उपचार गरे रोगको निदान हुने भन्दै यसतर्फ सवैजना जेष्ठ नागरिकहरुलाई सचेत रहन आग्रह गर्नुभयो ।
संस्थाका अध्यक्ष रुद्रनारायण लाखाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णुराम दुमरुले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संस्थाका सचिव विष्णुप्रसाद दुमरुले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा जनाइए अनुसार संस्थाले २०६९ सालबाट जेष्ठ नागरिक सम्मान कार्यक्रम सुरु गरेको थियो । वर्षमा एक पटक गरी गतवर्षसम्म ६ सय ७१ जेष्ठ नागरिकलाई सम्मान गरिसकेको कार्यक्रममा जनाइयो । सोमबार थप एक सय १५ जनालाई सम्मान गरिएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...