भक्तपुरको तेखाचोमा नयाँ भजनमण्डल स्थापना ः हार्माेनियम प्रशिक्षण सार्वजनिकरण


चैत १२, २०७९, आइतबार | दिउँसो १२:५७ बजे | 5


भक्तपुरको तेखाचोमा नयाँ भजनमण्डल स्थापना ः हार्माेनियम प्रशिक्षण सार्वजनिकरण

भक्तपुर, चैत १२
कला, संस्कृति भजन संगीतको संरक्षण, सम्वद्र्धन एवं विकास गर्ने उद्देश्यले श्री बाराही अजिमा द्योछे भक्तपुर नगरपालिका ४ तेखाचो टोलमा नयाँं बाराही अजिमा भजनमण्डल स्थापना गरिएको छ । आफनो उद्देश्य अनुरुप कार्य गर्न यसका संयोजक भजन गायिका लक्ष्मी किलम्वूको विशेष सक्रियता एवं संयोजनमा यो भजनमण्डल स्थापना गरिनुका साथै स्थानीय टोलबासीहरुको सक्रिय सहभागितामा प्रथम समूह हार्माेनियम प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । यस प्रशिक्षणमा नौ जना स्थानीय महिलाहरुले भक्तीसंगीत भजन हार्माेनियम बादनको प्रशिक्षण लिनुभएको छ । यस प्रशिक्षणमा प्रशिक्षक गुरुहरु हार्माेनियममा राधेश्याम बासुकला, श्रीमति लक्ष्मी किलम्वू, तवालावादक राजेन्द्र दोखाबन्जार तथा श्री सुरज शिल्पकार हुनुहुन्छ । 
कला, संस्कृति भजन महागुथिका संस्थापक अध्यक्ष डा इन्दुल केसीको विशेष सरसल्लाह एवं निर्देशनमा यो प्रशिक्षण कार्यक्रम सञ्चालन भएको हो । प्रशिक्षार्थिहरुलाई आज बाजागाजाका साथ नासमना टोलको श्री नित्यनाथ नासद्यमा विशेष पूजाआजाका लागि लगियोे । उक्त मन्दिरको प्रांगनमा विधिवत हार्माेनियम बजाउन लगाई नवप्रशिक्षार्थीहरुले विभिन्न देवदेवीका संगीतमय भजनहरु प्रस्तुत गरिएको थियो । 
उक्त समयमा गुरुहरुलाई प्रशिक्षार्थीहरुले सम्मानका साथ टिका लगाई दक्षिणा तथा प्रसाद अर्पण गरिएको थियो । कार्यक्रमको अन्तमा मन्दिरको नजिक रहेको नासमना डवलीमा करिव एक सय जना भक्तजनहरुलाई प्रसादको रुपमा सम्येबजी भोजन गराइएको थियो । 
यस प्रशिक्षक समूहले निकट भविष्यमा अर्काे समूहलाई पनि हार्माेनियम तथा तवलाको प्रशिक्षण दिने कार्यक्रम रहेको संयोजक लक्ष्मी किलम्वूले बताउनुभयो ।

Comments