भक्तपुरमा रेडियोको वार्षिकोत्सवको अवसरमा स्वास्थ्य शिविर
चैत ११, २०७९, शनिबार | दिउँसो ०१:२५ बजे | 5
भक्तपुर । भक्तपुरस्थित एउटा रेडियोको वार्षिकोत्सवको अवसरमा शनिबार यहाँं स्वास्थ्य शिविर गरिएको छ । कमलविनायकस्थित रेडियो जनसञ्चार एफएम १०७.९ मेघाहर्जको १४ औ र जनसञ्चार टेलिभिजनको दोश्रो वार्षिकोत्सवको अवसरमा शिविर गरिएको हो ।
शिविरमा विशेष गरेर जिल्लाका विभिन्न स्थानका बृद्धबृद्धा, अशक्त, अपांगलगायतले सेवा पाएका थिए । औपचारिक कार्यक्रम गरेर खर्च गर्नुभन्दा समाजमा रहेका गरिव, निमुखा जनतालाई केही भए पनि सेवा पाउन् भन्ने उद्देश्यले वार्षिकोत्सवको अवसरमा शिविर राखेको जनसञ्चार गृहका अध्यक्ष एवं एफएमका स्टेशन म्यानेजर सुरेशप्रसाद सैंजूले बताए । शिविरमा निःशुल्क औषधि पनि वितरण गरिएको थियो । स्थापना कालमा साँंगाबाट सुरु भएको रेडियो अहिले कमलविनायकस्थित आफनै भबनमा छ ।