रंगकर्मी आन्दोलित ः नियुक्त भएका प्राज्ञ सदस्यको बायोडाटा सार्वजनिक गर्न चुनौती


चैत १०, २०७९, शुक्रबार | दिउँसो ०३:३९ बजे | 30


रंगकर्मी आन्दोलित ः नियुक्त भएका प्राज्ञ सदस्यको बायोडाटा सार्वजनिक गर्न चुनौती

काठमाडौं । नाट्यकर्मीहरुको एक समूह आन्दोलित भएका छन् । नाट्यकर्मी जीवन थापा क्षितिज संयोजक, किशोर अनुराग अधिकारी सहसंयोजक तथा वरिष्ठ नाट्यकर्मी विजय विस्फोट सल्लाहकारीसहितको संयुक्त संघर्ष समिति बनाई संघर्षमा उत्रेको हो ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा रिक्त पदपूर्तिका निम्ति संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँंतीको अध्यक्षतामा बनाइएको सिफारिस समिति र सो समितिद्धारा फागुन ३ मा हालै गरिउको नाम सिफारि कुलपतिलगायतका नियुक्तहरु र आवश्यक प्रक्रिया प्रचलित नेपालको संविधानविपरित भएको उनीहरुको दावी छ । नियुक्त भएका ती प्राज्ञको क्षमतामाथि पनि उनीहरुले प्रश्न गरे । 

Comments