स्वतन्त्र पत्रकार संघ काठमाडौंको अध्यक्षमा पुनः पुष्करराज पाण्डे निर्वाचित
चैत ७, २०७९, मङ्गलबार | दिउँसो ०१:१५ बजे | 35
काठमाडौं । स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा काठमाडौंको अध्यक्षमा पुष्करराज पाण्डे पुनः निर्वाचित भएका छन् । शाखाको मंगलबार राजधानीमा सम्पन्न छैटौं साधारणसभा तथा पाँंचौ अधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँं कार्यसमिति चुनिएको हो ।
शाखाको उपाध्यक्षमा सावित्री वस्नेत, सचिवमा कृष्णराज तिमिल्सिना, सहसचिवमा अनिल पाण्डे र कोषाध्यक्षमा रीता श्रेष्ठ प्रधान चुनिएका छन् । निर्वाचित पदाधिकारीहरुलाई केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले अविर तथा फुलमाला प्रदान गरी बधाई दिएका थिए । यसअघि अधिवेशनको उदघाटन केन्द्रिय अध्यक्ष बास्तोलाले गरेका थिए । कार्यक्रममा केन्द्रिय कार्यक्रममा वरिष्ठ उपाध्यक्ष केवी सम्राट, वरिष्ठ सल्लाहकार डा इन्दुल केसी, सहसचिव रत्नकृष्ण प्रजापति, कोषाध्यक्ष बद्री दुलाल, ललितपुरका अध्यक्ष उपेश नौवाग, भक्तपुरका अध्यक्ष सुरेशप्रसाद सैंजू, केन्द्रिय पार्षद् कृष्ण किसीलगायतले पत्रकार वन्नु त स्वतन्त्र बन्नु स्वतन्त्र नै पत्रकार भन्नु भन्ने संघको नारा अनुसार अगाडि वढनुपर्ने आवश्यकताबारे चर्चा गरे ।
फाेटाेमा हेर्नुहाेस्...