बाथरोग स्वास्थ्य शिविर
चैत ४, २०७९, शनिबार | विहान ११:०४ बजे | 20
बाबुकाजी श्रेष्ठ
जनसमुदायलाई लक्षित गरी निवृत्त राष्ट्रसेवक समाज नेपाल भक्तपुर शाखाले सूर्यविनायक नगरपालिका वडा नं. ४ स्थित दक्षिण बाराही मन्दिर प्राङ्गणमा बाथ रोग सम्बन्धी एक दिने स्वास्थ्य शिविर गरेको छ ।
नेशनल बाथरोग सेन्टरको सम्पूर्ण प्राविधिक सहयोगमा संचालन गरिएको उक्त शिविरमा १०८ जना महिला–पुरुषहरुले स्वास्थ्य परिक्षण गरेका थिए ।
युवादेखि बृद्धबृद्धासम्म हरेक प्रकारको बाथ रोग लाग्ने भएको समयमै उपचार गरेमा निको हुने भएको स्वास्थ्य शिविरको आयोजना गरेको समाजका अध्यक्ष मंगलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा बाथ रोग सम्बन्धी जानकारीमूलक पर्चा समेत वितरण गरिएको थियो । प्रत्येक महिनामा विभिन्न ठाउ“हरुमा शिविर संचालन गर्दै जाने आयोजकले जनाएको छ ।
समाज विभिन्न पेशामा आवद्ध भई निवृत्त भएका कर्मचारीहरुको सामाजिक संस्था हो ।