सल्लाघारीबाट हिड्दै हुनुहुन्छ ? होसियार !


चैत ४, २०७९, शनिबार | विहान ०५:०१ बजे | 35


सल्लाघारीबाट हिड्दै हुनुहुन्छ ? होसियार !

भक्तपुर । गएको साउन ८ रुख ढलेर तीनजनाको मृत्यु भएको भक्तपुरको सल्लाघारी वनमा अझै एक दर्जन भन्दा वढी रुखहरु ढलेर दुर्घटना हुनसक्नतर्फ सचेत पारिएको छ । डिभिजन बन कार्यालय भक्तपुरले त्यहाँं अझै १७÷१८ वटा रुखहरु जुनसुकै बेला ढल्नसक्ने जनाएको छ । कार्यालयका प्रमुख डिभिजन बन अधिकृत प्रेमप्रसाद सापकोटाले अझै पनि त्यस क्षेत्रलाई दुर्घटनामुक्त क्षेत्रको रुपमा हेर्न नमिल्ने बताए । ‘त्यहाँं अझै पनि १७÷१८ वटा ठूल्ठूला रुखहरु बुढो भएर जुनसुकै बेला ढलेर दुर्घटना हुनसक्छ, सचेत पार्दै उनले भने, ‘त्यसकारण यसलाई तत्काल काटेर सुरक्षित पार्नुपर्छ ।’ तर यति खतराकावीच पनि आफूहरुले चाहेर पनि रुख काटन नसकिने उनले जनाए । ‘यो सल्लाघारीको बन क्षेत्र नेपाली सेनाको अधिनमा छ, उनले भने, ‘नेपाली सेनाको जग्गाधनी पूर्जामा भएको जग्गामा भएका रुख सेनाले काट्नका लागि अनुरोध गरी नआएसम्म हामी काट्न सक्दैनौं ।’ अर्काेको स्वामित्वको जग्गामा रहेका रुखहरुलाई आफूखुशी डिभिजन वन कार्यायलले काटन् नसक्ने उनको भनाई थियो ।  
गएको साउन ८ रुख ढलेर यही क्षेत्रमा तीनजनाको मृत्यु भएको थियो । सडक छेउको व्यस्थ सडकको डाँंडामा रहेको च्वङा गणेशस्थान सल्लाघारी वन भक्तपुरका रुखहरु ढलेर सडकमा गुडिरहेको सवारीसाधनमाथि बज्रदा दुई जनाको मृत्यु भएको थियो भने स्कुटरमाथि पनि लाग्दा थप एकजनाको गरी कुल तीनजनाको मृत्यु भएको थियो । दुर्घटनापछि घटनाको जिम्मेबारी कसले लिने भन्ने चर्काे आलोचना भएको थियो । भक्तपुर नगरपालिका वडा नं १ क्षेत्रमा भएका यी रुखहरु समयमै सचेत भएर नकाटेका कारण भक्तपुर नगरपालिकामाथि जिम्मेबारी जानुपर्छ भन्ने कुरा उठेको छ । त्यसपछि नगरपालिकाले रुख काटने अधिकार आफूलाई नभएको भन्दै डिभिजन वन कार्यालयले जिम्मा लिनुपर्ने बताएको थियो । तर अहिले डिभिजन वनले पनि आफूहरुले चाहेर पनि रुख काटन नसक्ने जनाएको छ ।  
उबेला काठमाडौंबाट भक्तपुर आइरहेको बा २ ख ३५८४ नम्वरको मिनीबस र बा ६१ प ३९७८ को स्कुटरलाई ढलेको रुखले किचेको थियो । किचेर कुल तीनजनाको मृत्यु र गाडीमा रहेका दुई दर्जन वढी घाइते भएका थिए । घटना दिउँंसो १२ बजेतिर भएको थियो । उबेला पनि दुर्घटना भएको अघिल्लो दिन त्यसरी नै ती जंगलका तीन वटा रुखहरु सडकमा बज्रेका थिए । तर त्यतिबेला दुर्घटना भएको थिए । यति हुँदाहुँंदै पनि सम्भावित दुर्घटनाबारे सचेत नहुँंदा भोलिपल्ट दुर्घटना भई तीनजनाको अनाहकमा ज्यान गएको थियो । 
डिभिजन वन कार्यालय भक्तपुरकी सूचना अधिकृत सलिना कडालले रुख काटनका लागि नेपाली सेनासँंग छलफल भइरहेको बताइन् । ‘अहिले त्यहा नयाँं प्रमुख आउनुभएको छ, उहाँंसँंग यसबारे कुरा गरिरहेका छौं, उनले भनिन् । त्यो बेला दुर्घटनापछि त्यहाँं वुढो २१ वटा रुखहरु काटिएका थिए । 

Comments