फेरि थपिएला नगरकोट सडकको म्याद ?
चैत ३, २०७९, शुक्रबार | दिउँसो ०३:११ बजे | 30
नगरकोट । भक्तपुरको नगरकोट सडक विस्तार योजनाको नवौं पटकको म्याद थप सकिएको छ । म्याद थप अनुसार ठेकेदार कम्पनीले फागुन मसान्तभित्रमा सडक विस्तार कार्य सम्पन्न गर्नुसक्नुपर्ने थियो ।
सन् २०१४ जुन ५ मा सम्झौता भएर सन् २०१६ जुनसम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्य थियो । दुईवर्षभित्रमा सकाउने गरी सडक विस्तारको जिम्मा ठेक्कामा दिइएको थियो । तर सडक निर्माण सुरु भएको नौ वर्ष हुँंदा पनि सडक भने जस्ताको तस्तै देखिन्छ । लाग्दा सडक विस्तारको ठेक्का भारतको आराभाली इन्फ्रा पावर लिमिडेट र शैलुङ कन्स्ट्रसन कम्पनी प्रालिले पाएका थिए ।
नवौ पटकको म्याद थप सकिएर नौ वर्ष भए पनि सडकको अवस्था भने जस्ताको तस्
तै छ । सडक दुराअवस्थामै छ । सडक अहिले पनि वर्षामा हिलाम्य र हिँंउदमा हिलाम्य नै छ । सडक हेर्दा अहिले पुननिर्माण सुरु गर्नुपर्ने अवस्थामा रहेको जस्तो देखिन्छ । भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोट बसपार्कसम्मको सडक खण्डमा कहीकतै माटे सडक छ भने कही कतै ग्राभेलिग गरिएको अवस्थामा छ । सडकको सवैतिर खाल्डाखुल्डी भरिएका छन् । एक किलोमिटरको दुरीसम्म पनि राम्रो सडक कहीकतै देखिंदैन । यद्यपि ठेकेदार कम्पनीले भने ९५ प्रतिशत काम सम्पन्न भएको दावी गरेको छ । कम्पनीका म्यानेजर अनुप अधिकारीले ९५ प्रतिशत काम सम्पन्न भएको र यही महिनाभित्र सडक सम्पन्न गरी सडकलाई हस्तान्तरण गर्ने रहेको उुनाउँंछन् ।
सम्झौताको नौ वर्षसम्ममा पनि सडकको काम नसकेपछि उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले फागुन १८ गते सडकको अवस्था बुझ्न अनुगमन गरेका थिए । त्यसबेला पनि स्थानीयले ठेकदारमाथि कारबाही गरी नयाँं ठेकेदारलाई काम सुम्पिन स्थानीयले माग गरेका थिए । सम्झौताअनुसार काम सम्पन्न नगरेको भन्दै स्थानीयले मन्त्रीलाई घेराउसमेत गरेका थिए ।
स्थानीय गोविन्द वास्तोलाले सडकका कारण मृत्यदेखि अनेक समस्या हुने गरेको दुःखेसो पोखे । सडककै कारण स्थानीय बास्तोला टोलका एकजना छिमेकीको मृत्यु भएको भन्दै असारमा हिलाम्य हुने र हिउँमा धुलाम्ये सडकले नौवर्षदेखि हैरानी खेप्दै आउनुपरेको दुःख विसाए ।
अर्का स्थानीय पार्वती वास्तोलाले क्षेत्रको नगरपालिकामा पहिला एमालेका मेयर सोम मिश्रले जितेको, पछिल्लो पटक कांग्रेसका मेयर जीवन खत्रीले मेयर जितेको तर कसैले पनि केही पनि नगरेको आरोप लगाइन् । यसका लागि रवि लामिछाने, बालेन शाह नै आउनुपर्छ भन्दै स्थानीयले ठेक्का तत्काल तोडेर नयाँ ठेकेदारलाई ठेक्का दिनुपर्ने माग राखे । भक्तपुर–नगरकोट–सिपाघाट सडक योजना अनुसार पहिलो चरणमा नगरकोटसम्मको सडकको काम सुरु भएको थियो ।