यसकारण सहभागी नहुने भयो उपराष्टपतिको निर्वाचनमा नेमकिपा


चैत ३, २०७९, शुक्रबार | विहान ०५:०४ बजे | 135


यसकारण सहभागी नहुने भयो उपराष्टपतिको निर्वाचनमा नेमकिपा

भक्तपुर । आज विहानदेखि सुरु भएको उपराष्टपतिको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहभागी नहुने भएको छ । पार्टी केन्द्रिय कार्यालयमा शुक्रबार बसेको केन्द्रिय सचिवालयको बैठकले पार्टीका सांसदहरुलाई निर्वाचनमा भाग नलिन निर्देशन दिने निर्णय भएको जनाइएको छ । पार्टी अध्यक्ष नारायणमान विजुक्छेंको अध्यक्षतामा शुक्रबार विहान बसेको सचिवालयका वैठकले यस्तो निर्णय गरेको पार्टीद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । एमसीसी खारेज गर्न भूमिका खेल्नेलगायतका विषयमा कुनै पनि पार्टीको कुनै पनि उम्मेदबारले प्रतिवद्धता नजनाएकाले चुनावमा सहभागी नहुने निर्णय गरिएको पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । विहानदेखि सुरु भएको मतदान आज साँंझ तीनबजेसम्म हुने जनाइएको छ । यसअघि राष्टपतिको निर्वाचनमा पनि पार्टीले मतदान गरेको थिएन् । 

Comments