पैदलबाट दस मिनेट बाटोको ठाउँंमा चिठी पुग्न एक महिना वढी !(चिठीसहित)

चैत २, २०७९, बिहीबार | दिउँसो ०२:३४ बजे | 55

पैदलबाट दस मिनेट बाटोको ठाउँंमा चिठी पुग्न एक महिना वढी !(चिठीसहित)

मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमिका एकजना वडा अध्यक्षले दस मिनेटको बाटोमा चिठी पुग्न पनि एक महिना वढी लागेको भन्दै तिखो व्यंग्य गरेका छन् । मध्यपुर थिमि नगरपालिका वडा नं ८ बोडेका वडा अध्यक्ष रमेश थापा श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाको कार्यालयबाट बोडेमा रहेको वडा कार्यालयमा चिठी पुग्न एक महिना वढी लागेको भन्दै नगरपालिकामाथि व्यंग्य गरेका हुन् । मध्यपुर थिमि नगरपालिका र वडा कार्यालयवीचको दुरी पैदल हिडेर झण्डै दस मिनेटको फरकमा छ । संसार नै एउटा गाउँंमा सिमित हुने गरी सूचना प्रविधिको विकास भएको युगमा पनि यस्तो हुनु दुःखद् भएको उनले लेखेका छन् । 
सार्वजनिक पत्र अनुसार नगरपालिकाबाट माघ १६ गते पठाएको थियो । तर उनले पत्र फागुन २१ गते अर्थात् एक महिना वढी समयपछि हात पारेको जनाएका छन् । उनले नगरपरिषदबाट भएको निर्णय परिषद्मा भएको निर्णयभन्दा फरक भएको भन्दै नगरपालिकाको ध्यानाकर्षण पनि गराएका छन् । 

फाेटाेमा हेर्नुहाेस्...

पैदलबाट दस मिनेट बाटोको ठाउँंमा चिठी पुग्न एक महिना वढी !(चिठीसहित)
पैदलबाट दस मिनेट बाटोको ठाउँंमा चिठी पुग्न एक महिना वढी !(चिठीसहित)

Comments