सुन्दर वगैचालाई मरुभूमि बनाइयो
चैत २, २०७९, बिहीबार | दिउँसो ०१:०५ बजे | 30
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सचिव प्रेम सुवालले विदेशीले सुन्दर वगैचा देख्ने नेपाललाई ठूला दलहरुले मरुभूमि बनाएको आरोप लगाएका छन् । पार्टी निकटको नेपाल क्रान्तिकारी किसान संघले बिहीबार राजधानीमा गरेको जुलुश तथा सभामा उनले यस्तो आरोप लगाएका हुन् । रासायनिक मलमा गरिएको मूल्यबृद्धिविरुद्ध काठमाडौंको सुन्धाराबाट जुलुश निकालको थियो । जुलुश सुन्धाराबाट सुरु भई दिउँंसो ३ बजे रत्नपार्कमा पुगेर सभामा परिणत भएको थियो । जुलुश सुन्धाराबाट न्युरोड, इन्द्रचोक, असन, भोटाहिटी, जमल हुँंदै ३ बजे रत्नपार्कमा पुगेर सभामा परिणत भएको थियो । सभामा पार्टीका केन्द्रिय सदस्य एवं बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, पार्टीका केन्द्रिय सदस्य एवं काठमाडौंका अध्यक्ष नारायण महर्जन, पार्टीको ललितपुरका अध्यक्षलगायतले मूल्यबृद्धि तत्काल फिर्ता लिन माग राखे ।