अहिले दिउँंसो १ बजे काठमाडौंमा नेमकिपाको जुलुश


चैत २, २०७९, बिहीबार | विहान ०६:४९ बजे | 30


अहिले दिउँंसो १ बजे काठमाडौंमा नेमकिपाको जुलुश

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निकटको नेपाल क्रान्तिकारी किसान संघले आज बिहीबार राजधानीमा जुलुश तथा सभा गर्न लागेको छ । रासायनिक मलमा गरिएको मूल्यबृद्धिविरुद्ध दिनको १ बजे काठमाडौंको सुन्धाराबाट जुलुश निकाल्ने पार्टीले जनाएको छ । 
जुलुश सुन्धाराबाट सुरु भई दिउँंसो ३ बजे रत्नपार्कमा पुगेर सभामा परिणत हुने जनाइएको छ । जुलुश सुन्धाराबाट न्युरोड, इन्द्रचोक, असन, भोटाहिटी, जमल हुँंदै ३ बजे रत्नपार्कमा पुगेर सभामा परिणत हुने पार्टीले जनाएको छ । सभामा पार्टी नेता तथा किसान नेताहरुबाट सम्वोधन हुने जनाइएको छ । 

Comments