भनपा १० मा अन्तर्राष्ट्रिय महिला दिवशको प्रवचन


फाल्गुन २९, २०७९, सोमबार | दिउँसो ०३:५४ बजे | 45


भनपा १० मा अन्तर्राष्ट्रिय महिला दिवशको प्रवचन

भक्तपुर, फागन २९ । भक्तपुर नगरपालिका वडा नं १० को आयोजनामा भनपा १० को सभा कक्षमा ११३ ओेैं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा क्रान्तिकारी महिला नेतृत्व बिषयक प्रवचन दिइयोे । सो प्रवचन कार्यक्रममा पुुर्व वडाध्यक्ष तथा जनकवि चन्द्रबहादुर उलकले ११३ बर्ष अघि महिलाहरुलाई दास तथा सम्पति र बच्चा जन्माउने तत्वका लिएको बताउँदै मजदुरहरुको पारिश्रमिक दैनिक गुजारा चलाउन समेत मुस्किल भएको बताउनुभयो । उक्त कार्यक्रममामा नेपाल क्रान्तिकारी महिला संघ भक्तपुर नगर समितिका अध्यक्ष अनिता जधारीले अन्तर्राष्ट्रिय क्रान्तिकारी महिला नेतृ क्लारा जेट्लिनले गरेको संघर्ष बारे बताउँदै आगामी चैत्र २४ र २५ गते चितवनको टाँठीमा हुने नेपाल क्रान्तिकारी महिला संघ केन्द्रीय समितिको तेस्रो महिला सम्मेलनमा सहभागी भइ श्रमिक महिलाहरुको एकता प्रस्तुत गर्न आह्वान गर्नुभयो । उक्त कार्यक्रमका सभापति तथा वडा नं १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले भक्तपुर नगरमा दीर्घ रोगीहरुको संख्या वृद्धि र अल्पनीय मृत्यप्रति चिन्ता व्यक्त गर्दै व्यस्त जनजीवनमा गरिने खानपिन, शारीरिक परिश्रम र व्यायामको कमी भएको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्य समस्यालाई मध्यनजर गरि नगरबासीहरुलाई स्वास्थ्यप्रति जागरुक बनाउन हरेक दई महिनामा विभिन्न स्वास्थ्य शिविर गर्ने योजना अनुरुप यहीँ चैत्र १० गते स्तन तथा पाठेघर शिविर संचालन गर्ने बताउनुभयो । सोही कार्यक्रममा नेपाल मजदुर किसान पार्टी १० वडा समितिका अध्यक्ष लक्ष्मीप्रसाद चवाल तथा वडा सदस्य जितेन्द्र मुनंकर्मीले समेत बोलेका थिए ।

Comments