आरम्भ नेपालको छैठौं साधारणसभा सम्पन्न


फाल्गुन २७, २०७९, शनिबार | विहान ०३:१४ बजे | 65


आरम्भ नेपालको छैठौं साधारणसभा सम्पन्न

भक्तपुर, फागुन। युवाहरूलाई कुलत तथा दुर्व्यसनबाट टाढा र देशभक्त बनाउने उद्देश्यले स्थापित आरम्भ नेपालको छैठौं साधारणसभा चितवनमा सम्पन्न भएको छ । उक्त साधारणसभा बाट सत्यराम कासिछ्वाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा बनेको हो। उक्त साधारणसभाबाट नेतृत्व पाएका कासिछ्वाले युवा लक्षित विभिन्न कार्यक्रम अघि बढाउने विचार सोही सभामा राखेकाे नव निर्वाचित सचिव न्हुज किजूले बताउनुभयो । सोही साधारणसभाले उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षको रूपमा क्रमशः लक्ष्मीप्रसाद चवाल, न्हुज किजू तथा श्यामकृष्ण बासुकलालाई सर्वसम्मत रूपले चयन गरिएको छ । उक्त आरम्भ नेपालमा जम्मा ११ जना सदस्य रहेको र युवा लक्षित कार्यक्रले युवाहरूको विदेश पलायनलाई केही हदसम्म न्यून गर्ने निवर्तमान अध्यक्ष बालकृष्ण बनमालाले बताउनुभयो ।

Comments