राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित


फाल्गुन २५, २०७९, बिहीबार | विहान ११:१७ बजे | 55


राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनु भएको छ।

बिहीबार भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनु भयो । पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाउनु भयो ।

पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाउनु भएको हो ।

उहाँ गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्नुभएको छ ।

अर्का उम्मेदवार नेकपा एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाउनु भयो भने उहाँले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाउनु भएको छ ।

संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।


थप सामग्री : https://ehimalayatimes.com/2023/03/97725/

Comments