माओवादीको मध्यपुरमा तीन हजार पनि भोट छैन ः महेश वस्नेत


फाल्गुन २१, २०७९, आइतबार | विहान ११:४७ बजे | 40


माओवादीको मध्यपुरमा तीन हजार पनि भोट छैन ः महेश वस्नेत

भक्तपुर । नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश वस्नेतले भक्तपुरको मध्यपुर थिमिमा माओवादी केन्द्रको तीन हजार पनि भोट नभएको दावी गरेका छन् । एमाले मध्यपुर थिमि नगर समितिले आइतबार गरेको पत्रकार सम्मेलनमा यस्तो मान्छेले धेरै निहुँं नखोज्न चेतावनी दिए । 
मध्यपुर थिमि नगरपालिकाका उपमेयर एवं माओवादी नेता विजयकृष्ण श्रेष्ठले एमाले मध्यपुर थिमि नगर सचिव सुमन जोशीमाथि कुटपिट गरेको आरोप लगाउँंदै गरेको पत्रकार सम्मेलनमा उपमेयर विजयकृष्णलाई धेरै फुँई नगर्न चेतावनी दिए ।
पछिल्लो स्थानीय निकायको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रवीच गठनबन्धन भई कांग्रेसका मेयर सुरेन्द्र श्रेष्ठ र माओवादी केन्द्रका उपमेयर विजयकृष्ण श्रेष्ठ विजयी भएका थिए । एमालेबाट उठेका पूर्व मेयर मदनसुन्दर श्रेष्ठ पराजित भएका थिए । 
पत्रकार सम्मेलनमा जनाइए अनुसार फागुन १४ गते विहान साढे नौ बजे मध्यपुर थिमि नगरपालिका वडा नं ४ स्थित दुईपोखरीमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठको उपस्थितिमा नगर उपप्रमुख बिजयकृष्ण श्रेष्ठसहितको समूहबाट नेकपा एमाले नगर कमिटी सचिव सुमनजोशीमाथि कुटपिट भएको थियो । जनाइ अनुसार नगर प्रमुख र उप प्रमुख दुबैको उपस्थितिमा दलवलसहित मध्यपुर थिमि नगरपालिका वडा नं ४ र ५ मा पर्ने हाती महाँंकाल सडकमा ढुंगा छपाईको निर्माण कार्य गर्न लागेको थियो । त्यसपछि निर्माण कार्यका लागि गठित उपभोक्ता समिति बिधिवत प्रक्रिया गर्दे निर्माण कार्य गर्न अनुरोध गर्दा उपस्थित उपमेयर बिजयकृष्ण र सचिन बज्राचार्यसमेतको जत्थाले पदीय मर्यादलाई भुली एमाले मध्यपुर थिमि नगर सचिव सुमन जोशीलाई कुटपिट गरी घाईते बनाएको हो । त्यसपछि जोशीको नजिकैको मध्यपूर थिमिस्थित नेपाल कोरिया मैत्री अस्पतालमा उपचारा गर्न लगिएको थियो । तर मध्यपुर थिमि नगरपालिकाले आफूले कुटेकोमा आफूलाई कुटिएको भनी गलत प्रचार गरेको सम्मेलनमा जनाइयो ।  
मध्यपुर थिमी नगरपालिकाबाट चालु आर्थिक वर्ष .२०७९।०८० को बजेटतर्फको बिभिन्न विकास निर्माणको योजनाहरुमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख बिजयकृष्ण श्रेष्ठले आफनो पदीय अख्तियार दुरुपयोग गरी, स्वेच्छाचारी रुपमा आफ्ना मान्छेहरुलाई मात्र समावेश गरी उपभोक्ता समिति गठन गरेको एमाले मध्यपुर थिमिको आरोप छ । नगरपालिकाले सामाजिक सन्जाल फेसबुकमार्फत मात्र उपभोक्ता समिति गठनको जानकारी दिने कार्यले विकास निर्माण कार्यमा स्थानियहरुको जनसहभागिताको अधिकारलाई कुन्ठित गरेको जनगुनासोहरु ब्यक्त भएको पार्टीको भनाई छ । यो गतिबिधिहरु स्थानिय राजपत्रबाट प्रकाशित उपभोक्ता समिति मार्फत सार्वजनिक निर्माण कार्य गराउने सम्बन्धि कार्यविधि २०७९ विपरित भएको सम्मेलनमा बताइयो । त्यसकारण नियम बमोजिम वडा र स्थानिय लाभग्राही जनताहरुको रोहवरमा राखी उपभोक्ता समिति गठन गर्न नगरपालिकासमक्ष बिभिन्न माध्यमबाट जानकारी गराउदै आएको सम्मेलनमा जनाइयो ।
यसै सम्बन्धमा चालु.आ.व.२०७९।०८० को नगरस्तरिय बिनियोजित बजेट बमोजिम बालकुमारी हात्ती मंहाकालसम्म बाक्लो ढुङ्गा छपाई योजनामा उपभोक्ता समिति गठन गर्ने उपभोक्ता समिति मार्फत सार्वजनिक निर्माण कार्य गराउने सम्बन्धी कार्यविधि २०७९ कार्यविधि विपरित नगर प्रमुख र उपप्रमुखले सार्वजनिक भेला नगरी, लाभग्राही वडा कार्यालयलाई समेत जानकारी नदिई, लाभग्राही स्थानिय वडा ४ र ५ नं. भन्दा बाहिरका मध्यपुर थिमि नगरपालिका वडा नं ६ स्थाई निवासी उज्जवल श्रेष्ठलाई अध्यक्ष तोकी माघ १ गते (१५ जनवरी) मा स्वेच्छाचारी रुपमा उपभोक्ता समिति गठन भएको भन्ने जानकारी सामाजिक सन्जालबाट प्राप्त भएको सम्मेलनमा जनाइयो । एकासगोलका परिवारको ब्यक्तिहरुलाई अध्यक्षहरु बनाउन नहुने कार्यबिधि विपरित अध्यक्षहरु तोकेको जस्ता अवैद्यानिक कार्यप्रति जनगुनासोहरुसहित एमाले मध्यपुर थिमी नगर सचिव सुमन जोशीले कमेरोटार जग्गा एकिकरण आयोजना, हनुमन्ते जग्गा एकीकरण आयोजना, सिन्टीटार, मनोहरा जग्गा एकिकरण आयोजनामा भएको ढिलासुस्ती, अनियमितता सम्बन्धमा समेत सम्बोधन गरी पाउन नगरपालिकाको कार्यालय, प्रमु्ख प्रशासकिय अधिकृत, वडा ४ र ५ नं को कार्यलय समक्ष माघ ५ गते ज्ञापनपत्र समेत प्रस्तुत गरेको सम्मेलनमा बताइयो । 
यस घटनाको सम्बन्धमा घाईते पिडित सुमन जोशीले तत्काल उपचार पश्चात मेडिकल रिर्पोट सहित नगर उपप्रमुख बिजय कृष्ण श्रेष्ठ र सचिन बज्रचार्य समेतलाई कारवाही गरी पाँउ भनी किटानी उजुरी दिएको थियो । साथै सो विवाद काम सम्बन्धमा स्थानिय वडा नं. ४ कोतर्फबाट फागुन १४ गतेको घटनालाई सम्बोधन गरी विवाद मिलान पश्चात मात्र काम गन सुचारु गर्न पार्टीले माग गरेको छ । 
यद्यपि घटनाको जानकार नगर प्रमुख सुरेन्द्र श्रेष्ठले समन्वयकारी भुमिका निभाउनुपर्नेमा घटनाको ढाकछोप गर्न गलत र तथ्यहिन आरोप सहित प्रशासकिय अधिकृतमार्फत घाइते, पिडित बिरुद नै उजुरी गराउने कार्य समेत गरेको जनाइयो् । यसै घटनालाई अतिरन्जित गर्न पदिय मर्यादा विपरित जनता कुट्ने उपमेयर बिजयकृष्ण श्रेष्ठले उल्टै आफूमाथि कुटपिट भएको अर्नगल प्रचार गराउने कार्य गर्दे आएको बताइयो ।
पत्रकार सम्मेलनमा पार्टी जिल्ला अध्यक्ष बचन देउजा, पार्टीकातर्फबाट स्थानीय निकायको निर्वाचनमा मेयरका प्रत्यासी मदनसुन्दर श्रेष्ठ, पार्टी मध्यपुर थिमि नगर अध्यक्ष सूर्यलाल श्रेष्ठलगायतले स्वेच्छाचारी काम गर्ने मेयरउपमेयरविरुद्ध लडिरहने बताए । 

Comments