यी हुन् जसले उपप्रधानमन्त्रीसहितको टोलीलाई बाटोकोवीचमा पुगेर सवारी रोके


फाल्गुन १८, २०७९, बिहीबार | विहान ११:५५ बजे | 35


यी हुन् जसले उपप्रधानमन्त्रीसहितको टोलीलाई बाटोकोवीचमा पुगेर सवारी रोके

नगरकोट । भक्तपुरको बहुचर्चित नगरकोट सडकको बिहीबार अनुगमनमा पुगेका नेपाल सरकारका उपप्रधान एवं भौतिक पूर्बाधार मन्त्री नारायणकाजी श्रेष्ठलाई स्थानीयले रोकेका छन् । भक्तपुरको नगरकोट सडक अन्तर्गत सल्लाघारीदेखि गाडीमा आएका श्रेष्ठको टोलीलाई स्थानीयले बास्कोटा टोलीबासीले रोकेका हुन् । 
सडकको अवस्थाको अवलोकन गर्न मन्त्री आएको थाहा भएपछि नगरकोट सडक खण्ड अन्तर्गत तेलकोट भन्दा एक किलोमिटर माथि बाँस्कोटाल टोलबासीले सडकमा आएर सवारीलाई रोकका हुन् । स्थानीयले बाटोमा पुगेर सवारीलाई रोक्न खोजेपछि प्रहरीले उनीहरुलाई हटाउन खोजेका थिए । तर हटाउन नसकेपछि गाडी रोकिएको थियो । घटना थाहा पाएपछि उपप्रधानमन्त्री श्रेष्ठसहितको टोली बाहिर आएको थियो । गाडीबाट बाहिर आएर उपप्रधानमन्त्री श्रेष्ठले स्थानीयको दुखेसो सुनेका थिए । स्थानीयको आक्रोश देखेपछि उनले सडक अव छिटै बन्ने प्रतिवद्धता जनाई गाडीमा चढेका थिए । तर आक्रोशित भीडले जतिपटक मन्त्री अनुगमन आउने गरे पनि केही नभएको, यसको लागि पुराना पार्टीको भर छैन । रवि लामिछाने, बालेन शाह आउनुपर्छ भनेपछि गाडी चढेका मन्त्री फेरि भीडमा आएका थिए । भीडमा पुगेपछि मन्त्री श्रेष्ठ र स्थानीयवीच भनाभन परेको थियो । त्यहाँं झण्डै आधा घण्टा स्थानीयसँंग रोकिएको थियो । स्थानीयको आक्रोशवीच मन्त्री पनि आक्रोशमा आएपछि मन्त्री र स्थानीयवीच बाझाबाझ नै परेको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

यी हुन् जसले उपप्रधानमन्त्रीसहितको टोलीलाई बाटोकोवीचमा पुगेर सवारी रोके

Comments