भोलि भौतिकमन्त्री भक्तपुर आउने ः भारतीय राजदूतसँगै नगरकोट सडक अनुगमन गर्ने


फाल्गुन १७, २०७९, बुधबार | दिउँसो ०३:२२ बजे | 45


भोलि भौतिकमन्त्री भक्तपुर आउने ः भारतीय राजदूतसँगै नगरकोट सडक अनुगमन गर्ने

भक्तपुर जिल्लाकै बहुचर्चित नगरकोट सडकको भोलि बिहान भौतिक पुर्बाधार मन्त्रीद्वारा अनुगमन गर्ने भएको छ ।

उपप्रधानमन्त्री तथा भौतिक पुर्बाधार मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा जिल्लाको कमलबिनायक भत्केको पाटी हुँदै नगरकोट जाने सडकको अनुगमन गरिने छ ।

बागमती प्रदेशका मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार तथा जिल्लाका चर्चित युवा नेता डि पि ढकालका अनुसार सो अनुगममको क्रममा भारतिय राजदुतको पनि सहभागिता रहने छ ।

नेता ढकालले सरोकारवाला सम्पुर्णलाई उपस्थितिको लागि अनुरोध गर्नु भएको छ ।

Comments